रवि लामिछानेविरुद्धको छुनछेक वहस आइतवार पनि जारी रहने

बुटवल– पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको छुनछेक वहस आइतवार पनि जारी रहने भएको छ । बिहीवारदेखि रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्ध प्राम्भ भएको थुनछेक वहस आज पूरा गरिने तयारी छ । सरकारी वकिलको तर्फबाट वहस सकिएको छ भने लामिछानेको तर्फबाट केही वकिलको वहस भने बाँकी रहेकाले आईतवार पनि उनी अदालतमा उपस्थित भएपछि वहस प्रारम्भ हुनेछ ।
सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने बुधवार पहिलो पटक रूपेन्देही अदालतमा उपस्थित भएका थिए । उक्त दिनपछि हाजिरी जमानीमा रिहा भईरहेका छन् । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासद्वारा उनलाई बिहीवार उपस्थित हुने शर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडिँदै आएको छ ।
उक्त सहकारीमा रहेका १ हजार ८३१ वचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दावी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत वैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाइ भने पुरक उजुरीमा राखिएको हो । प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनीमाथि उजुरी गरिएको हो ।
उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् । बुटवलपछि उनले चितवन र पर्सा पनि अदालतमा वयान दिन जान बाँकी नै छ । ती जिल्लाबाट पनि पक्राउ पूर्जी जारी गरेपछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष वयान दिइसकेका छन् ।

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५...

काठमाडौं– इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१ को उपाधि पारामाउन्ट कलेजले जितेको छ...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...