‘एक्टरः टेक वन’ आजदेखि प्रदर्शनमा

काठमाडौं- काठमाडौं जिल्ला अदालतको आदेशका कारण पूर्व निर्धारित मिति (माघ १६) गते प्रदर्शन हुन नसकेको बहुप्रतिक्षित फिल्म ‘एक्टरः टेक वन’ आज शुक्रवारदेखि प्रदर्शनमा आउने भएको छ । फिल्मको शीर्षकका कारण अदालतमा परेको मुद्दा फिर्ता लिने सहमति भएपछि यो फिल्म आजदेखि दर्शकमाझ आउने निश्चित भएको हो । यसका साथै चलचित्र विकास बोर्डले पनि चलचित्र संघलाई पत्र लेख्दै शुक्रवारदेखि हुने प्रदर्शनमा सहजीकरण गर्न आग्रह गरेको थियो । एक्टरःः टेक वनका निर्माताले बिहीवार नै पत्रकार सम्मेलन गर्दै आजदेखि फिल्म प्रदर्शनमा आउने बताएका छन् ।
यसका साथै फिल्मका लागि बिहीवारदेखि नै अग्रीम टिकट बिक्री प्रारम्भ भैसकेको छ । चलचित्र संघका महासचिव सुरेन्द्र थापाले बुकिङ बिहीवारदेखि नै प्रारम्भ भएको बताएका छन् । राजन भुसालद्वारा निर्देशित ‘एक्टरः टेक वन’ मा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, सुशील सिटौला, निश्चल बस्नेत लगायतको अभिनय छ । थमन भण्डारीद्वारा निर्मित यो चलचित्रको गीत र ट्रेलरबाट राम्रो हाइप बनेको छ ।
केही दिनअघि आयोजित प्रीमियर शोमा यो फिल्मले राम्रो प्रतिक्रिया प्राप्त गरेको थियो । कलाकारको अभिनय, कथावस्तु, ट्वीस्ट एण्ड टर्न, ब्याकग्राउण्ड स्कोरको बढी प्रशंसा भएको थियो । यही फिल्मबाट डेब्यु गरेका निर्देशक राजन भुसालको कामको पनि धेरैले प्रशंसा गरेका थिए । यो फिल्ममा स्टार बन्न एक पात्रले गर्ने संघर्षको कथालाई चित्रण गरेको छ । अभिनेता दीलिप रायमाझीकी सुपुत्री दिव्या रायमाझीले यही फिल्ममार्फत नेपाली फिल्म क्षेत्रमा अभिनेत्रीको रुपमा डेब्यू गरेकी छिन् ।

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५...

काठमाडौं– इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१ को उपाधि पारामाउन्ट कलेजले जितेको छ...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...