‘क्यान्सर निवारणको लागि उपचारात्मक र निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी’

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यानसर निवारणको लागि उपचारात्मक र निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी रहेको बताएका छन् ।
मंगलवार विश्व क्यान्सर दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा क्यान्सरको भयावह अवस्था रहेको भन्दै यसको निवारणको लागि अझै थुप्रै कामहरु गर्न जरुरी रहेको बताएका हुन् ।
उनले भने– ‘हामीले क्यान्सर निवारणको लागि अझै थुप्रै कामहरु गर्न जरुरी छ । यसमा चाहिँ उपचारात्मक क्षेत्रमा र निरोधात्मक क्षेत्रमा पनि काम गर्न जरुरी छ । आज पाठेघरको क्यान्सरबाट मेरो आमाहरु, दिदिहरु र मेरा समकक्षी साथिहरु थुप्रैको मृत्यु भएको छ । दिनमा चार जनाको मत्यु हुने तथ्याङक हामीसंग छ । यो भनेको भयावह अवस्था हो । त्यसैैले यसलाई न्यूनिकरण गर्दै निवारणको स्थितिमा कसरी पुर्याउन सकिन्छ । विश्व स्वास्थ संगठनको र हाम्रो पनि लक्ष्य त्यही छ । यो निवारणको तहमा पुर्याउनको लागि हामीहरु सबैले मेहनत गर्न जरुरी छ ।’
मन्त्री पौडेलले उपचारात्मक, निरोधात्मक र रक्षात्मक क्षेत्रमा काम गर्न प्रष्ट दृष्टिकोणसहित अघि बढ्ने बताए ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...