सभापतिका लागि मुख ताक्दै नेता
काठमाडौं—नेपाली कांग्रेसको १३ औं महाधिवेशन पर्सि बिहिबारदेखि प्रारम्भ हुँदैछ तर सभापति पदका उम्मेदवारले आजसम्म औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्न सकेका छैनन् ।
सभापतिमा लड्ने भन्दै नेताहरुले आफ्ना कार्यकर्ताबीच सहयोग गर्न आग्रह भने गर्न थालिसकेका छन् । कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले आफु सभापति पदमा उम्मेदवारी दिने अनौपचारिक घोषणा गरिसकेका छन् । वरिष्ठ नेता शेरबहादुर देउवाले पनि अब आफु पार्टीको नेतृत्व गर्न तयार रहेको भन्दै सहयोगको लागि आग्रह गर्न थालेका छन् । पौडेल र देउवाले आ–आफ्नो प्यानल नै बनाएर उम्मेदवारी घोषणा गर्ने अन्तिम तयारीमा रहेको बुझिन्छ ।
संस्थापन पक्षबाट कार्यवाहक सभापति पौडेलले कोइराला परिवारबाट बिपी पुत्र शशांक कोइरालालाई महामन्त्री बनाउने योजना बनाएका छन् तर कोइराला परिवारका अन्य नेताहरूले पनि ठोस निर्णय गरि नसकेको कारण पौडेलले यो निर्णयलाई पुर्णता दिन सकेका छैनन् ।
सभापति पदको उम्मेदवारी घोषणा गर्नका लागि देउवा र पौडेलले एकले अर्काको मुख ताकेको अनुमान गर्न थालिएको छ । देउवाले पौडेलले सार्वजनिक गरेपछि मात्रै आफनो प्यानल घोषणा गर्ने योजना बनाएका छन् भने पौडेलेले पनि देउवाले प्यानल घोषणा गरेपछि मात्रै आफ्नो प्यानल घोषणा गर्ने योजना बनाएका छन् ।
यसैबीच नेपाली कांग्रेसको महाधिवेशनका प्रतिनिधि तथा पर्यवेक्षकका लागि आवासको व्यवस्था गर्न होटल बुकिङ गर्न थालिएको छ । कांग्रेसको अर्थसमिति र भोजन समितिका सदस्यहरूको संयुक्त टोलीले आवासका लागि होटलको बुकिङ सुरु गरेको र भोजनका लागि भने टेन्डर आह्वान गरिएको बताइन्छ ।
यही मार्च ३ देखि ४ (फागुन २० देखि २३ गते ) सम्म सञ्चालन हुने महाधिवेशनका लागि झन्डै तीन हजार ३ सय प्रतिनिधि वाहेक पाहुना, पर्यवेक्षक, सहयोगी लगायत गरी करिव
चार हजार जनालाई भोजन तथा आवासका लागि समितिले तयारी गरिरहेको छ । समितिले काठमाडौंको सुन्धारा, बागबजार, ठमेल, गौशालालगायतका क्षेत्रका होटलमा आवासको व्यवस्था मिलाउने तयारी भएको छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...