प्रमको चीन भ्रमणमा आधा दर्जन विषयमा समझदारी हुने
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणमा दुई देशबीच करिब आधा दर्जनजति विषयमा समझदारी हुने भएको छ ।
परराष्ट्रमन्त्री कमल थापाले मिडिया नेपालद्वारा आज यहाँ आयोजित घोषणासभालाई सम्बोधन गर्दै छिमेकी मित्र राष्ट्रको भ्रमणका अवसरमा पारवहन, व्यापार, लगानी लगायत विषयमा छलफल गरी निष्कर्षमा पुग्ने प्रयास हुने जानकारी दिनुभयो । । साथै नेपालको पूर्वाधार विकासका बारेमा प्रधानमन्त्रीको भ्रमणका क्रममा महत्वपूर्ण कुराकानी र निर्णय हुने अपेक्षा नेपाली पक्षले गरेको छ ।
भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले चीनका शीर्षस्थ नेतासँग दुई देशबीचको सम्बन्धलाई थप सुदृढ तुल्याउने बारेमा विचारविमर्श गर्नुहुनेछ । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले त्यहाँस्थित एक विश्वविद्यालयमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।
प्रधानमन्त्री ओलीले यही चैत १० देखि सुरु हुने बोआओ फोरम सम्मेलनलाई पनि सम्बोधन गर्नुहुने छ । सो अवसरमा त्यहाँ उपस्थित विश्वका विभिन्न राष्ट्रका नेतासँग प्रधानमन्त्री ओलीले द्विपक्षीय र बहुपक्षीय कुराकानी गर्नुहुनेछ । प्रधानमन्त्रीको भ्रमणबाट नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ आयाम प्रदान गर्न कोसेढुङ्गा साबित हुने उपप्रधानमन्त्री थापाले विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओली चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणामा साताव्यापी भ्रमणका लागि यही चैत ७ गते त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । चैत ८ गतेदेखि नै बेजिङमा नेपाल र चीनबीच प्रधानमन्त्रीस्तरमा औपचारिक वार्ता हुने कार्यक्रम तय गरिएको छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को पोखरामा हुने मन्त्रिपरिषद् बैठकको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र हो । अध्यक्ष राष्ट्रको हैसियतले सार्क मन्त्रिपरिषद्को बैठक नेपालमा आयोजना गर्ने सिलसिलामा यस पटकको बैठक प्राकृतिक पर्यटकीय नयरी पोखरामा आयोजना गरिएको हो । सार्क मन्त्रिस्तरीय बैठकलाई सार्कको ‘मिनी समिट’ समेत भन्ने गरिएको छ ।
बैठकमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलङ्का, माल्दिभ्स र अफगानिस्तानको प्रतिनिधित्व हुनेछ । सार्क मन्त्रिपरिषद्को बैठकमा विगतका सार्क शिखर सम्मेलनले गरेको निर्णयको समीक्षा हुनेछ । साथै आगामी दिनका लागि रणनीति, योजना र कार्यक्रमबारे बैठकमा विस्तृत रुपमा छलफल हुने परराष्ट्रमन्त्री थापाले जानकारी दिनुभयो ।
बैठकले सदस्य राष्ट्रबीचमा आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धलाई अझ थप सुदृढ तुल्याउन महत्वपूर्ण निर्णय गर्ने उहाँले बताउनुभयो । रासस
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...