मेरो हलपल भन्दै आए आशिष र एन्जिला

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, भदौ २७, २०७४

काठमाडौं– नेपाली फिल्मका दुई सुन्दर अनुहारले अभिनय गरेको एउटा रोमान्टिक यूगल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अभिनेता आकाश श्रेष्ठ तथा अभिनेत्री मरिष्का पोखरेलद्वारा अभिनित यूगल गीत ‘मेरो हलपल तिमी’ गीतको म्युजिक भिडियो यूट्युबमार्फत सार्वजनिक गरिएको हो ।
गायक आशिष गौतम ‘सचिन’ तथा गायिका एञ्जिला रेग्मीको स्वरको यो यूगल गीतमा संगीतकार भीम बिसीले मेलोडियस संगीत भरेका छन् । संगीतकार बीसीकै शब्द रचनाको यो गीतमा मनोहर सुनामको संगीत संयोजन सुन्न सकिन्छ । यो गीत मेरो हरपल शीर्षकको एल्बममा समावेश छ ।

कुलेखानीको आकर्षक लोकेशनमा निर्देशक सुव्रतराज आचार्यले आकाश र मरिष्कालाई गीतको शब्दमा व्यक्त गरिए झैं रोमान्टिक मुडमा प्रस्तुत गरेका छन् । मनमोहक लोकेशन तथा युवा कलाकारको प्रस्तुतीले म्युजिक भिडियो चलचित्रको गीत झैं सुन्दर बनेको छ ।

राजिव समरको कोरियोग्राफी रहेको यो भिडियोलाई अनिल के मानन्धरले छायांकन गरेका हुन् । सुप्रिम पराजुलीले सम्पादन गरेको यो भिडियोमा जया शर्माको सहायक निर्देशन छ । हाइलाइट्स नेपालको यूट्युब च्यानलबाट यो भिडियो सार्वजनिक गरिएको हो । गायक आशिष गौतमले यो भिडियो प्रस्तुत गरेका हुन् ।

यस्तो छ म्युजिक भिडियो