रुपन्देही सामाजिक संजालको दोश्रो अधिबेशन सम्पन्न 

इश्वर पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमितीको चयन
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, फाल्गुन १८, २०७६

नेपालको रुपन्देही जिल्लाबाट अष्ट्रेलिया आइ बसेका नेपाली साझा संस्था रुपन्देही सामाजिक संजालको दोश्रो अधिबेशन मार्च १ का दिन सिड्नीमा सम्पन्न भएको छ । अधिबेशनले इश्वर पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमितीको चयन गरेको छ । अधिबेशनले सस्थाको उपाध्यक्षमा सुशील नेपाल र रोशन कोइराला,महासचिबमा दिवाकर काफ्ले, सचिबमा अर्जुन गैरे, र कोषाध्यक्षमा विप्लब सापकोटालाई चयन गरेको छ । अधिबेशनले कला तथा साहित्य संयोजकमा मुक्ति राम पोख्रेल, महिला संयोजकमा रन्जिता भण्डारी, महिला सहसंयोजकमा तुल्सा पाण्डे, खेलकुद संयोजकमा सरोज पाठक र पब्लिक रिलेसन अफिसरमा रवि केसीलाई तोकेको छ।  त्यस्तै सदस्यहरुमा मनोज सिलवाल, प्रदीप खनाल, पदम अधिकारी, निशान ढकाल, सूचना पाण्डे, गणेश न्यौपाने, सुरज खत्री, लक्ष्मी खनाल, कमाल भण्डारी, सरोज पाण्डे, रेमन केसी र रक्षा शर्मालाई चुनेको छ ।

संस्थाका संरक्षकद्दय राज खनाल र कृष्ण गैरे छन् भने ६ सदस्य सल्लाहकार समितिमा  डा. प्रकाश पौडेल, डा. चिज कु. श्रेष्ठ, बिक्रम बिश्वकर्मा, चुना क्षेत्री, महेश्वर शर्मा र मोहन पाण्डेलाई चुनेको छ।
नेपाल तथा अष्ट्रेलियाको राष्ट्रिय गानबाट सुरु भएको उक्त अधिबेशन समारोह अष्ट्रेलियाका लागि नेपाली राजदुत महामहिम महेश राज दाहालले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको थियो।  अधिबेशनमा संस्थाले आज सम्म गरेका बिबिध परोपकारी कार्यहरु श्रब्य दृश्य मार्फत प्रस्तुत गरिएको थियो । संस्थाको बिगत दुइ बर्षको आर्थिक विवरण र अन्य गतिबिधिहरु प्रस्तुत गर्दै आगाडी बढेकोउक्त कार्यक्रम प्रमुख अतिथि महामहिम राजदुत महेश राज दाहल, बिशेष अतिथिहरु एनएसडब्लुका लागि माहाबाणिज्यदुत दिपक खड्का समाज सेवी तथा ओएम इन्द्रा बन, एनआरएनएनएका केन्द्रिय उपाध्यक्ष मन केसी, रिजनल कोअर्डिनेटर होम पाण्डे, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष देब गुरुङ लागाएत अन्य एनआरएनएका पदाधिकारीहरु बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु को उपस्थिति थियो । कार्यक्रममा बक्ताहरुले नयाँ कार्यसमितिलाई बधाई दिद्दै समुदायको लागि केहि गर्न आगाडी आएका सबैलाई उच्च मनोबल सहित काम गर्न शुभकामना दिएका थिए।