नेपाली समाज सिड्नी वेस्टमिडको तीज मेला १६ अगस्तमा 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, साउन ११, २०७६
सिड्नी वरपर रहुनु भएका नेपालीहरु बिच सुखदुख साटासाट गर्दै आपसी भाईचारा बढाउन र नेपाली कला र संस्कृति को संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्य लिएर स्थापित Nepalese Community in Sydney (नेप्लिज कम्युनिटि इन सिड्नी) ले सदाका बर्ष झै यस वर्ष पनि हिन्दु नारीहरु को महान चाड हरितालिका तिजको अबसर परेर तीज मेलाको आयोजना गर्दैछ।
हाम्रा जीवनका महत्वपूर्ण यी चाडपर्वहरु को बिशेष महत्व भनेकै आपसी भेटघाट र एकै छिन भए पनि तनाब रहित जीबनको लागि  स्वस्थ्य मनोरन्जन हुन् साथै यिनका धार्मिक महत्व पनि उत्तिकै छन्।  स्थानीय आफ्नै प्रतिभाहरुको बिशेष प्रस्तुतिमा हुन लागेको यस तीज मेला कार्यक्रमलाई ग्लोबल कन्सल्टले टाइटल स्पोन्सर गरेको छ।  कार्यक्रमको अर्को आकर्षणको रुपमा प्रोफेसनल फोटोग्राफी, बिशुद्ध नेपाली खानाका परिकारहरु, साना बाबु-नानीहरु का लागि बिशेष कार्यक्रमको रहेको आयोजकका तर्फ बाट सदस्य दिपक केसीले जानकारी दिनुभयो।
आउदो अगस्त १६ शुक्रबार 2 Lane street Wentworthville मा अवस्थित Redgum Hall मा सॉझ ५:३० देखि शुरु हुने यस कार्यक्रममा सिड्नी वरपर रहनुहुने महिला तथा दिदी बहिनीहरु लाई दर खुवाउने र तीज पर्ब हर्षोल्लासका साथ मनाउने उद्देश्यका साथ गर्न लागिएको कारण टिकट दर एकदमै न्यून रखिएको र इच्छुक सबैले अनलाईन टिकट पनि किन्न सकिने समेत ब्यबस्था रहेको छ।
हाम्रा कला र संस्कृति हाम्रा पहिचान हुन् । कला र संस्कृति नरहे हाम्रो अस्तित्व पनि मेटिन्छ । जाँहा रहे पनि हामीले हाम्रा यि पहिचानलाई जोगाई राख्न सकियो भने मात्र पनि मातृभूमी प्रति सच्चा सम्मान हुनेछ भन्दै सिड्नी वरपर रहनु हुने सम्पूर्ण महिला दिदी बहिनीहरु लाई उक्त कार्यक्रममा पाल्नु हुनको लागी संस्थाका अध्यक्ष अम्बिका शर्माले सबैलाई निमन्त्रणा गर्नु भएको छ।
अजि फाइनान्स एन होम लोन र होल्म्स इन्स्टिच्युटको गोल्ड स्पोन्सर रहेको यस कार्यक्रमलाई सफल बनाउनका लागि एभेरस्ट मोर्टगेज, सफाइर रियल स्टेट र डिलाइटेड टुर्स ट्राभल्स रहेका छन्।
टिकट तथा यस कार्यक्रमका बारेमा जुन सुकै जानकारीका लागी शंकर श्रेष्ठ – ०४०१३९८२१३ अथवा केशव गौतम – ०४०१०१०३३० मा सम्पर्क गर्न अनुरोध गरिएको छ।