सिड्नीमा गौरा पर्ब मनाइदै

कार्यक्रम सेप्टेम्बर १ को साँझ रक्डेल स्थित इन्द्रेणी फंक्सन सेन्टरमा हुदै
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, भदौ १०, २०७६
नेपालको सुदुर पश्चिमबाट अष्ट्रेलिया आइ अध्यान अध्यापन लगाएत बिबिध पेशा र ब्यबसायमा आबद्द नेपालीहरुको संस्था सुदुर पश्चिम समाज अष्ट्रेलियाको आयोजनामा बिगतका बर्षहरु मा जस्तै यस पटक पनि सुदुर पश्चिमेलीहरु को बिशेष चाड गौरा पर्ब सिड्नीमा बिशेष कार्यक्रम सहित मनाइदैछ । सामजको तर्फबाट केशब जोशीले दिनु भएको जानकारी अनुसार यस पटकको गौरा पर्बमा सुदुर पश्चिमका शान नेपाल कै प्रतिभाशाली गयाक एबम यस बर्षको नेपाल आइडलका बिजेता रबि ओडको बिशेष उपस्थिति रहनेछ ।  सुदुर पश्चिममा हुर्की बढी उताकै भाषा र शैलीमा अभ्यस्त ओडको प्रस्तुतीहरुमा यस पटककको कार्यक्रम बिशेष रहने पनि जोशीले बताउनु भयो ।
आउदो सेप्टेम्बर १ आइतबारको साँझ ५ बजे देखि १० बजे सम्म हुने गौरा पर्ब २०१९ सिड्नीको रक्डेल स्थित इन्द्रेणी फंक्सन सेन्टरमा हुदैछ ।  समाजका महासचिब लक्ष्मी जोशीका अनुसार नेपाली खाना सहितको सो कार्यक्रमको प्रवेश शुल्क ३५ डलर तोकिएको छ । कार्यक्रममा रबि ओडलाई स्थानीय कलाकारहरु ले साथ दिने छन् । कार्यक्रममा सहभागी भइ प्रबासी भूमिमा हाम्रा रिति रिवाजलाई जिबन्त राख्न र दोश्रो पुस्ता सम्म पुराउन सबै दाजु-भाई दिदि-बैनीहरुलाई सहभागिताको लागि समाजको तर्फबाट जोशीले अनुरोध गर्नु भएकोछ ।
 गौरा पर्ब नेपालको सुदुर पश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो । विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखी नै मनाउँदै आइरहेको गौरा पर्व भाद्र शुक्लको षष्ठी तिथि देखी अष्टमी सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा पर्वको पहिलो दिन गौरा पर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौरा घरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ । गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई,  व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।