जातिय भेदभाब सचेतना अन्तरक्रिया सम्पन्न

-- The NTA / प्रकाशित मिति : मङ्लबार, चैत्र ९, २०७२
jatiya bhedbhab 1
जातिय बिभेद बिरुद्ध दिबसको अबसर पारेर ग्लोबल फोरम एगेन्स्ट कास्ट बेस्ड डिस्क्रिमिनेसन ( जिएफएसिडि) अष्ट्रेलियाले जयनेपाल फाउन्डेसनको सहकार्यमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रम हालै सम्पन्न भएको छ । मार्च २० तारिखका दिन सिड्निमा सम्पन्न उक्त कार्यक्रम सांझ ५ बजेदेखि ८ बजेसम्म कार्यक्रम चलेको थियो ।
कार्यक्रममा सिड्नि युनिभर्सिटिमा दलित बिषयमा पिएचडि गरिरहनुभएका मोम बिश्वकर्मा र मक्वारि युनिभर्सिटिमा पिएचडि गरिरहनुभएका मित्र परियारले भेदभाब कहाँबाट कसरी रहन गयो, बर्तमान स्थित के रहेको छ र यसको समाधान कसरी गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सोही कार्यपत्रमा बिश्वकर्माले एनआरएन अष्ट्रेलियालेपनि यो बिषयलाइ प्राथमिकताका साथ उठान गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराउनुभएको थियो ।
एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल,  आइसिसि प्रबक्ता रन्जु थापा, महाबाणिज्य दुत दिपक खड्का,  समुदायका अगुवाहरु गणेश तामागं,चित्र तुम्बाहाम्फे, बिनोद पौडेल, समिम अनवर लगायतले जातिय भेदभाब आफ्नै घरबाट अन्त्य गर्दै यसलाई राष्ट्रिय अभियान बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
jatiya bhedbhaab 2
पत्रकार भिमसेन सापकोटाले संचालन गरेको उक्त कार्यक्रममा एनआरएनए ओसिनिया संयोजक महेन्द्र लम्साल, एनआरएनए संस्थापक तथा केन्द्रिय सल्लहाकार मन खत्रि साथै बिभिन्न समाजसेबि, पत्रकार, बिध्यार्थी लगायतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा प्रस्तुत गरिएका हरेक बिचारलाइ समेटेर कार्ययोजना तयार पारिने र नेपालमा काम गरिने फोरमकि संयोजक सिता रसाइलिले नेपाली टाईम्ससँगको कुराकानीमा बताउनुभयो ।