मेल्वर्नमा ‘द फोर्थ मार्च शो’ हुँदै

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : आइतवार, फाल्गुन १३, २०७४

‘द फोर्थ मार्च शो’ मार्चमा एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको मूख्य प्रायोजन तथा माउन्ट एभरेस्ट टुर्स एण्ड रिमुभल्सको सह-प्रायोजनमा अगामी मार्च ४ मा मेल्वर्नमा धमाकेदार ‘द फोर्थ मार्च शो’ हुने भएको छ । एस इभेन्ट्स एण्ड मल्टिमिडियाले आयोजना गर्न लागेको यस कार्यक्रममा नेपालको लोकप्रिय डान्स ग्रुप ‘ कार्टुन्ज क्रियु’, र्यापर ग्रीष खतिवडा, गायक दीपक बज्राचार्य र गायिका इन्दिरा जोशीले प्रस्तुती दिनेछन् । कार्यक्रम थोनवरी थिएटरमा बेलुका ७ बजेदेखि सुरु हुनेछ । फोर्थ मार्च शोलाई पृथक र शानदार बनाउनको लागि नै नेपालका लोकप्रिय कलाकारहरुलाई बोलाइएको र चार किसिमका प्रस्तुती दिने कलाकारहरुको जमघटले पक्कैपनि कार्यक्रम दमाकेदार हुने आयोजकले बताएको छ । कार्यक्रममा पहिल्यै बुकिङ्ग गर्नेहरुको लागि २५ डलर र कार्यक्रममै टिकट लिनेहरुको लागि ३० डलर प्रवेश शुल्क राखिएको छ ।