राजेश पायल राईको कन्सर्ट हुने

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बुधबार, फाल्गुन १६, २०७४

राजबंशी समाज अष्ट्रेलियाको प्रस्तुतिमा एन्जल होम लोन्स मुख्य प्रायोजक रहेको राजेश पायल रार्इ लाइब इन सिड्नी नामक कार्यक्रमको आयोजना गरिने भएको छ । नेपाली संगीतमा रार्इ इज किङ्ग उपमा पाएको राजेश पायल रार्इको साथमा बादल प्रसाई, दिल तामांग तथा राज के गोस्वामीको बेजोड प्रस्तुति रहने उक्त कार्यक्रमका सह-आयोजकमा नेपाली जनजाती  आदिवाशी मञ्च, अष्ट्रेलिया तथा  झापाली समाज अष्ट्रेलिया  रहेका छन् । च्यारिटी कन्सर्ट नाम दिइएको उक्त कार्यक्रम सिड्नीको हर्स्भिल इन्टरटेगमेन्ट सेन्टर अडिटोरियममा मार्च १७ साँझ ६ बजे सुरु हुनेछ ।

ए बि सी एजुकेसन एण्ड माइग्रेसन तथा एवेरेस्ट कम्युनिकेसन द्वारा पावोर्ड उक्त कार्यक्रमको टिकेट मूल्य २५ डलर तोकिएको छ । कार्यक्रममा प्रायोजकहरुमा एस एजुकेसन एण्ड माइग्रेसन, ओली एण्ड एसोसीएट, कंगारु एजुकेसन फाउन्डेसन, स्मार्ट एजुकेसन एण्ड भिजा सर्भिसेज, एवेरेस्ट ट्राभल्स एण्ड टुर्स, निम्तो द इन्भिटेसन तथा आमा नेप्लिज एण्ड इन्डियन टेक अवे रहेका छन् ।

कार्यक्रमको मिडिया पार्टनर्समा लुक्ला टिभी अष्ट्रेलिया, लाहुरी टिभी, यम एन टिभी, द नेपाली टाइम्स तथा सेतोपाटी रहेका छन् । अनलाइन टिकेटका लागि टिकेट प्लस डट कम डट एयु मार्फत खरिद गर्न सकिने छ ।