सानफ्रान्स्किोमा नेपाली दर्जन बैज्ञानिक र विज्ञसहित बौद्धिक सम्मेलन

-- होमप्रसाद लम्साल / प्रकाशित मिति : आइतवार, असार ३, २०७५

सानफ्रान्सिस्को, दोहोरो नागरिकता गैरआवासिय नेपालीका लागि पेचिलो बन्दै गएको बेला नेपाल सरकारका प्रभावशाली मन्त्रि रविन्द्र अधिकारीले सविधानमा लेखिएको राजनीतिक अधिकारबाहेक सबै अधिकारसहित दोहोरो नागरिकता कार्यन्वयन हुने दावी गरेका छन । अमेरिकाको सानफ्रान्सिस्को शहरमा शुरुभएको गैर आवासिय नेपाली संघ अमेरिकाज् क्षेत्रको बौद्धिक सम्मेलनको उद्घाटन गर्दै मन्त्रि अधिकारीले कानुन बन्ने चरण शुरु भएको कसले के भन्यो मलाई थाहा छैन सविधानमा लेखिए अनुसार दोहोरो नागरिकता काननु बन्ने र सरकार त्यस विषय कुनै दुविधा नरहेको प्रष्ट पारे । उद्घाटन समारोहमै अर्का मन्त्रि लालबाबु पण्डितको विवादास्पद भनाईका विषयमा पर्यटन मन्त्रिमाथी प्रष्ट पार्न भन्दै आवाज उठेपछि यस्तो जवाफ दिएका हुन । मन्त्रि अधिकारीले सरकार गैरआवासिय नेपालीको अधिकारका साथै सहकार्य गरेर मुलुकको समुन्नतिका लागि हातेमालो गर्दै विदेशमा सिकेको रेमिट्यान्स मात्रै नभएर सीप, दक्षता, र लगानी भित्र्याउन आतुर रहेको बताए विज्ञ भेला निकै प्रभावकारी भएको बताउँदै त्यसबाट आउने निचोडलाई सरकारले पुर्ण रुपमा अपनत्व लिने बताउँदै भने प्रवासको सीप, क्षमता र प्रविधी भित्र्याउन जस्तो सुकै बाधा अड्चन पार गरेर गैरआवासिय नेपाली संघ हातेमालो गर्न तयार रहेको दावी गरे ।
पुर्वअर्थमन्त्रि प्रकासचन्द्र लोहोनीले संसारभरबाट नेपाल भित्रने जिडिपीको ३१ प््रातिशत हिस्सा अर्थात सात विलियन डलर नेपाल सरकारको लागि लाईफ लाईन भएको बताउँदै वर्तमान सरकारले यसपालीको बजेटमा गैरआवासिय नेपालीको नाम समेत नलिएर अपमान गरेको दावी गरे । गैरआवासिय नेपालीलाई समृद्ध मुलुक बनाउने अभियान आफु अर्थमन्त्रि भएकोबेला शुरु भएको जनाउँदै उनले भने चिन र भारत जस्ता ठुला देशमा पनि समृद्धि शुरु गैरआवासिय नागरिकबाटै शुरु भएकोले नेपाली शुरु भएको यस अभियानलाई कुनै रोकावट नगरि व्यवहारमा कार्यन्वयन गर्न सुझाए । अमेरिकामा मात्रै १५ भन्दा बढी नेपाली पिएचडि होल्डरहरु रहेको र विश्वका ठुला ठुला प्रोजेक्ज हाँक्ने नेपालीहरु रहेको सन्र्दभ जोड्दै डा लोहोनीले नेपालको विकासमा त्यस्ता दक्ष जनशक्तिलाई जोड्न सरकारले कुनै पनि कसर बाँकी नराख्न बताए । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्रि रेवती रमण भुसालले सरकारले गैरआवासिय नेपाली समृद्ध नेपालको चाहाना लिएर आएकाले उनिहरुलाई कानै बन्देज नगरी आवश्यक सहयोग गरेमा मात्रै मुलुकको विकासले पुर्णता पाउने बताए ।

अमेरिकाका लागि नेपाली राजदुत डा अजुर्न कार्कीले अमेरिकामा रहेका विज्ञहरु संसारकै क्षमतावान भएको बताउँदै उनिहरुको माध्यमबाट नेपालमा सीप क्षमता र प्रविध भित्र्याउन आवश्यक सहयोग लिन सकिने बताए । अमेरिकाभर रहेका त्यस्ता व्यक्तिहरुको कामका बारेमा आफु जानकारहेको बताउँदै डा कार्कीले भने यो क्षमतालाई नेपालसंग जोड्ने हो भने विकास टाडा नरहेको दावी गरे ।
गैरआवासिय नेपाली लाई अमेरिकामा शुरु भएको विज्ञ भेलाले संसारभर भएको सीप क्षमता र विज्ञता मुलुक विकासका लागि जोड्न प्रभावकारी हुने भएकोले मुलुकमा लगानी भित्र्याउन नेपालसरकारसंग हातेमाले गर्न तयार रहेको एनआरएन अध्यक्ष भवन भट्टले बताए । विज्ञ भेलाबाट आएका निष्कर्ष सरकारलाई बुझाउने बताउँदै भट्टले भने सरकालाई आवश्यक पर्दा विश्वको जुन कुनै कुनाबाट जस्तो सुकै दक्ष व्यक्ति तयार रहेको जानकारी दिए ।
८० देशमा ७५ हजार भन्दा बढी सदस्यता भएको गैरआवासिय अभियान मुलुकको समृद्धिमा सदैव हातेमालो गर्न तयार रहको संस्थाका प्रमुख संरक्षक जिवा लामिछानेले बताए । उद्घाटन समारोहमा अमेरिकी एनआरएन अभियानको २० प्रतिशत ठुलो हिस्सा भएको बताउँदै भने नेपालमा लगानीका लागि अवसर नै अवसर रहेकाले मुलुकलाई समृद्ध बनाउने अभियानमा समाहित हुन जोड दिनु भयो । अमेरिकाज क्षेत्रका संयोजक गौरी जोशी अधक्ष्यतामा भएको कार्यक्रममा यस कार्यक्रम निकै प्रभावकारी भएकोले नेपालमा आवश्यक पर्ने जस्तो सुकै सीप, क्षमता, प्रविधि र लगानीका लागि तयार रहको बताए ।
वौद्धिक भेलामा दुई दर्जन भन्दा बढी अमेरिका र क्यानडामा विभिन्न क्षेत्रमा प्रतिष्ठा कमाएका बैज्ञानिक, प्रोफेसर, ईन्जिनियर व्यापारीहरुले कार्यपत्र प्रस्तुति गर्दै नेपाललाई आआफ्नो सीप र क्षमता नेपालका लागि जोड्न आफुहरु आतुर रहेको बताए । राती अबेरसम्म हुने कार्यपत्र प्रस्तुति र छलफललाई निष्कर्षका रुपमा घोषणपत्र जारी गर्ने कार्यक्रम रहेको आईसिसि प्रवक्ता भुषण घिमिरिेले नागरिकलाई बताए । दुई दिन चल्ने कार्यक्रममा भोली अमेरिकाका एनआरएनको साधारण सभा रहने अध्यक्ष डा केशव पौडेलले जानकारी दिए ।