विविध प्रतिभाहरूको बेजोड प्रस्तुति – सप्तपरी

-- सुजित सिग्देल, अावरण जुलाइ अंक २०१८ / प्रकाशित मिति : सोमवार, असार २५, २०७५

प्रबासमा बस्ने हामी नेपालीहरू धेरै अर्थमा भाग्यमानी छाैं । प्रबासको हाम्रो जीबन व्यस्त त छँदैछ तैपनि यो व्यस्त जीबनमा हामीले धेरै खाले नयाँ अनुभब बटुल्न पाएका छौं । नेपाली कला, संस्कृति संग जोडिएका धेरै खाले कार्यक्रमका प्रत्यक्षदर्शी हुने मौका हामीले स्वदेस भन्दा प्रबास मै धेरै पाएका छौ । हामीले धेरै पटक भन्दै आएका छाैं नेपाल सानो छ तर सँंस्कृतिक विविधता छ त्यहि विविधताबीचको एकता नै हामी नेपालीको सामिप्यता हो । प्रबासको दिनचर्या मै हामीले पूर्वको राजबंशीदेखि लिएर उभौली उधौली हुँदै नेपाली समुदायमा मनाइने विविध चाड पर्ब रोइला नाचदेखि पश्चिमको देउडा नाचसम्म परिचित हुने मौका हामीलाई यहा“ मिलेको छु जुन सायदै नेपालको कुनै एक ठाउँ या जिल्लामा मात्र हामी सिमित भएको भए त्यस्तो मौका जुर्न गार्है हुन्थ्यो ।

चाड पर्बहरू नजिकिदै गर्दा अष्ट्रेलियामा आयोजना हुँदै गरेका बिबिध खाले कार्यक्रमबीच बिल्कुल भिन्न परिवेश र भिन्न स्वाद सहित जुलाई २१ तारिखमा हामी एक फरक खाले कार्यक्रमको प्रत्यक्षदर्शी हुँदै छौं । मनोरञ्जन त छँदै छ त्यहि मनोरञ्जनमा अलिकति परोपकारिता अनि त्यो भन्दा पनि महिला शशक्तिकारणमा सकरात्मक सन्देश प्रबाह गर्नु कार्यक्रमको मूल उद्देश्य सहितको यो कार्यक्रमको नाम जुरेको छ ‘सप्तपरी’ ।

नेपाली कला संस्कृतिलाई अष्ट्रेलियाका नेपाली समुदाय र अन्य बहुसांस्कृतिक समुदायका कार्यक्रमहरू सम्म जोडेर नेपाल र नेपाली चिनाउने अभियानमा बिगत सात बर्षदेखि सक्रिय नेपइन्डो फ्युजन ग्रुपको आयोजना र धेरै सामाजिक व्यबसायिक संघ संस्थाको सहकार्यमा हुँदै गरेको यस कार्यक्रमले एक फरक खाले सन्देश दिने नेपइन्डो फ्युजन ग्रुपकी उषा बारिया पोख्रेलको बिश्वास छ । प्रबासमा संघर्षरत पहिलो पुस्ताका हामी सबै त्यसमा पनि फरक परिवेशमा संघर्षरत महिला दिदी बैनीका विविध समस्यालाई नजिकबाट नियालिरहेकी उषाले महिला शसक्तिकारणका लागि उस्तै उस्तै खाले संघर्षबाट स्थापित महिला दिदी बैनी कै संघर्ष अनि सफलताका कथाहरू धेरैको लागि अनुकरणीय हुने ठहर गर्दै यो कार्यक्रमको कल्पना गरेको बताउँछिन ।

 

चर्चा सप्तापरीको

निक्कै मीठो लाग्ने अनि नामले नै धेरै अर्थ राख्ने नाम ‘सप्तपरी’ । आँफैमा धेरै ओजपूर्ण नाम सहितको यो कार्यक्रममा सा“च्चै नै नाम अनुसार आँफूलाई भिन्न बिधा स्थापित गराउन सफल बनेका सात जना परिहरूको प्रस्तुतिको मिश्रण हो । नेपालली रंगमंचदेखि नेपाली समाजसम्म संघर्षपूर्ण जीबनबाट खारिएर स्थापित यी परिहरू का विविध प्रस्तुति अनि प्रहसनहरूले सबैलाई मनोरञ्जन त दिने छ नै त्यो भन्दा पनि उनीहरूले आँफू परि बन्ने क्रम भोगेका जीबनका आरोह अबरोहहरू धेरैको लागि उर्जा हुने बिश्वास आयोजकले लिएको छ । नेपालबाट यसरी कार्यक्रममा सहभागिता जनाउनेहरू सृष्टी केसी, निकिता चांडक, बर्षा राउत, स्वतिमा खड्का, बेनिसा हमाल, एलिसा राई, रजनी रिमाल, रक्षासिंह राणा र मोक्ता श्रेष्ठ छन् । उनीहरू मध्ये निकिता चांडक मिस नेपाल २००७, सृष्टी के सी आफैमा दृष्टि बिहिन भइकन पनि कहलिएकी उत्प्रेरक बक्ता हुन् भने वर्षा राउत, स्वतिमा खड्का र बेनिसा हमाल नायिका हुन् । त्यसै गरि रजनी रिमाल गायिका, रक्षासिंह राणा र मोक्ता श्रेष्ठ फेसन डिजाइनर हुन् । यिनै सप्तपरिहरूले जुलाई २१ को सा“झ लाई रङ्गीन बनाउनेछन् ।

यति धेरै प्रतिभाहरू लाई एकै पटक मञ्चमा उभ्याउनु आँफैमा चुनौतीपूर्ण कार्य त छँदै छ अर्को तिर कार्यक्रम आयोजना स्थलले पनि यो कार्यक्रमको सारमा अर्को ठूलो प्रभाब पार्नेछ । सिड्नीको केन्द्रमा रहेको टाउन हल दिनहुँ हजारौं पर्यटक र स्थानीयहरूको केन्द्र हो । निक्कै कलात्मक यस हलको तलबाट मिनेटै पिच्छे जस्तो रेल दौडिरहेको हुन्छ भने यो हल नै आफैमा ऐतिहासिक छ १८८९ मा बनेको यस टाउन हलमा एस अगाडि मह जोडी र नेपथ्यले आफ्नो प्रस्तुति दिएका थिए भने यो हाल हलिउड र बलिउड कलाकारहरूको बिभिन्न कार्यक्रम गर्ने ठाउँ हों ।

 

प्रबासका परिहरू पनि र्याम्पमा

नेपालबाट आएका माथि उल्लेखित सप्तापरी संगै प्रबासमा रहेका परिहरूले पनि त्यो सा“झ र्याम्पमा उत्रेर विविध प्रस्तुतिहरू पस्कने छन् जसका लागि बिगत केहि महिनादेखि विविध विधामा आँफूलाई अझ निखार्न उनीहरू आभ्यासरत छन् । दुई समुहमा हुने स्थानीय चेलीहरूको प्रस्तुतिको पहिलो खण्डमा प्रबासमा संघर्षरत चेलीहरूले नेपाली ढाकाबाट बनेका विविध पहिरनलाई पश्चिमेली शैलीमा प्रस्तुत गर्नेछन् । त्यसै गरि दोश्रो समुहको रुपमा लामो समय यतै बिताई सकेका यहीको परिवेशमा बाबु नानी हुर्काइ सकेका वा हुर्काउँदै गरेका चेलीहरूले नेपाली ढाकाबाट बनेका पहिरनलाई परम्परागत नेपाली पन मै पहिरिएर र्याम्पमा उत्रने छन् । केहि प्रस्तुतिहरू भने नेपालबाट आएका परि अनि यताका चेलीहरू बीच सामुहिक प्रस्तुतिहरू हुनेछन् । उनीहरू ले लगाउने भेषभुषा नेपालको ख्याती प्राप्त फेसन डिजाइनर ‘मुकु’ले सुद्द नेपाली ढाकाका प्रयोग गरि आकर्षकरुपमा तयार पारेको पहिरन हुनेछन् । फेसन डिजाइनर ‘मुकु’ पनि यस कार्यक्रममा सहभागिता जनाउनका लागि नेपालबाट अष्ट्रेलिया आउनेछिन् ।

मनोरञ्जनका साथै परोपकारिता पनि प्रबासको कार्यक्रम मुख्य उद्देश्य महिला शसक्तिकरणका लागि भिन्न विधाका उत्प्रेरक बक्तादेखि गायिका, नायिका र फेशन डिजाइनरसम्म लाई नेपालदेखि ल्याएर प्रबासका दिदी बैनी संगै एउटै मञ्च त्यो पनि सिड्नी कै प्रख्यात भेनु टाउन हल जस्तो ठाउँमा आँफै ऐतिहासिक त छँदैछ । अर्को तर्फ यी सबै प्रतिभाहरूको आफ्नो क्षेत्रको शशक्त प्रस्तुतिले दिने मनोरंजन र यसै संग जोडिएको परोपकारिता । त्यसैले पनि यो कार्यक्रमको सफलताले धेरै कुराका लागि उपलब्धिमूलक हुनेछ । नेपालमा गत २ बर्ष अगाडि गएको भूकम्पले आर्थिक भौतिक क्षेत्र मात्र होइन यसले धेरै परिवार अभिभाबक बिहिन बनाइ दियो । यस्ता धेरै भूकम्प पिडित बालबालिकाको लागि आभिभाबक बनेको सस्था ‘जीवन उत्थान’ का लागि यस कार्यक्रमबाट उठेको केहि हिस्सा सहयोग स्वरुप जानेछ । मिस नेपाल २००४ पायल शाक्य स्वयं यस जीवन उत्थान संस्थाको ब्रान्ड एम्बेसडर (दूत) को रुपमा सप्तपरी कार्यक्रममा सहभागिता जनाउने छिन् ।

अन्त्यमा,

प्रवासका दिनचर्याबीच अति तनाबपूर्ण बन्दै गैरहेको धेरै महिला दिदी बैनीको दैनिकी, बढ्दै गएको पारिवारिक हि“सा सहित बिभिन्न निराशाका खबर मात्रै सुनिरहेका हामी सबैलाई आरोह अबरोह सहित सफलताका कथा भएका पात्रहरू नेपालबाट बोलाएर आफ्नो सफलताको सन्देश प्रबाह गर्दै गर्दा त्यो धेरैको लागि ज्ञान र आत्मबल सहित उत्प्रेरणाको श्रोत बन्नेछ । त्यसरी नै नेपाली कला, भेषभुषा र उत्पादन चिनाउन पनि यो प्लेटफर्म निक्कै उपयोगीको माध्यम हुनेछ । फेरि पनि यति ठूलो महत्वकांक्षी कार्यक्रमको आयोजना गरि नेपाली चेलीहरूलाई एक अनेक र विविधतम प्रस्तुति सहित मञ्चमा उतार्ने नेपइन्डो फ्युजन ग्रुप, सहयोगी सबै पर्दा अगाडि पछाडिका पात्र, स्वयंसेवक र संघ संस्थाहरु धन्यवादका पात्र छन् ।

के भन्छन् सप्तपरीका सहभागि हुने सुन्दरीहरू ?

महिलाको सशक्तीकरण अभियान अन्तर्गत नेपालमा बिभिन्न विधामा नाम उच्च परिरहेका सात महिला अभियन्तालाई सिड्नी ल्याएर आयोजना गर्न लागिएको कार्यक्रम हो–सप्तपरी । अस्ट्रेलियामा सक्रिय रहेको नेपीन्डो फ्यूजन समुहले यही जुलाई २८ तारिखमा सिड्नीमा ‘सप्तपरी’ शीर्षकको एउटा रमाइलो कार्यक्रम आयोजना गर्न लागेको हो । सिड्नीको टाउन हलमा सञ्चालन हुने उक्त कार्यक्रममा सहभागिता जनाउन नेपालबाट मिस नेपाल–२०१७ निकिता चाण्डक, अभिनेत्रीहरू बेनिशा हमाल, स्वस्तिमा खड्का, वर्षा राउत, एलिसा राई, गायिका रजिना रिमाल तथा सामाजिक अभियन्ता श्रृष्टी केसी सहभागि हुँदैछन् । कार्यक्रमका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एनआरएन नारी निकुन्जकी उपसंयोजक सन्ध्या शाहले नेपालका विकट जिल्लामा अहिले पनि महिलाको अवस्था सन्तोषजनक नरहेको अवस्थामा नेपालमा आफ्नै क्ष्ँमताले केही गर्ने महिलाहरूलाई अस्ट्रेलिया ल्याएर उत्प्रेरणा कार्यक्रम गर्नु महत्वपूर्ण विषय भएको प्रतिक्रिया दिएकी छिन् । महिलाहरूको सशक्तिकरणका सवालमा आफूहरू सकरात्मक रहेको र यस्ता नेपालीपन झल्काउने कार्यक्रममा आफूहरूको सहयोग रहिरहने कार्यक्रमको एउटा प्रायोजक एक्सपर्टका बिष्णु हमालको भनाइ छ । एनआरएन ओसेनियाका संयोजक धर्म अधिकारीले नारी र पुरूष एक रथका दुई पांग्रा भएकाले महिलाहरूको सशक्तिकरण अभियानमा पुरूषहरूको भूमिका महत्वपूर्ण हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

 

यी हुन् नेपालबाट सहभागिता जनाउने सुन्दरीहरू

निकिता चाण्डक, मिस नेपाल–२०१७

अघिल्लो वर्षको मिस नेपाल–२०१७ की विजेता निकिता चाण्डक यतिबेला ग्ल्यामर क्षेत्रमा आफ्नो भाग्य परिक्ष्ँण गराउने तयारीमा छिन् । मिस नेपालको एक वर्षे कार्यकाल सम्पन्न भए लगत्तै नेपाली फिल्ममा आवद्ध भैसकेकी निकिताले विगतदेखि नै आफू भविष्यमा फिल्म क्षेत्रमा सक्रिय हुने बताएकी थिइन् । बलिउडलाई लक्ष्य बनाउँदै अघि बढेकी निकिताले भरखरै आफ्नो पहिलो फिल्मको छायांकन सम्पन्न गराइसकेकी छिन् । मिस नेपालमा सहभागिता जनाउनु अघिमा भारतमा रहेर मोडलिङमा पाइला चाल्न थालेकी उर्लावारी, मोरंगकी स्थायी वासिन्दा निकिताले मिस नेपालको उपाधिलाई जीवनकै ठूलो उपलब्धिको रुपमा लिएकी छिन् । मिस वल्र्ड २०१७ मा नेपाललाई प्रतिनिधित्व गराउने क्रममा निकिताले ठूलो उपलब्धि समेत हासिल गरेकी थिइन् । सिड्नीमा आयोजना हुने सप्तपरी कार्यक्रममा सहभागिता जनाउनका लागि आफ्नो तर्फबाट सम्पूर्ण तयारी पुरा गरिसकेको निकिताको भनाइ छ । गीत, संगीत, नृत्य, फेसनसहितको उक्त कार्यक्रममा निकिताले आफ्नो सफलताको कथा सुनाउने छिन् भने फेसन शोमा क्याटवाक समेत गर्दैछिन् । यसका साथै निकिताले केही गीतहरूमा आकर्षक नृत्य समेत गर्ने सम्भावना छ । मिस वल्र्डको ट्यालेन्ट शोमा समेत नेपाली मौलिक नृत्य प्रस्तुत गरेकी निकिताले सप्तपरीमा समेत त्यही प्रतिभा प्रस्तुत गर्ने सम्भावना प्रवल छ ।

 

बेनिशा हमाल, अभिनेत्री

नेपाली फिल्मका थोरै प्रतिभाशाली अभिनेत्रीहरूमा बेनिशा हमालको नाम अग्रपंक्तिमा आउँछ । अंग्रेजी साहित्यमा मास्टर्स गरेकी यी अभिनेत्रीले मोडलको रुपमा आफ्नो अभिनय यात्रा प्रँरम्भ गरेकी थिइन् । दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेर स्थापित भएपछि मात्र यी अभिनेत्री नेपाली फिल्ममा आएकी हुन् । प्रसन्न पौडेलद्वारा निर्देशित फिल्म स्वरबाट फिल्म क्षेत्रमा आएकी बेनिशाले धेरै वटा फिल्ममा अभिनय गरेकी छैनन्, यद्यपि जतिमा अभिनय गरेकी छिन्, ती सबैमा उत्कृष्ट काम गरेकी छिन् । स्वरपछि मोक्ष्ँ, कालोपोथी, ज्यान हासिर छ, झ्यानाकुटी हुँदै ब्लाइण्ड रक्ससम्म आइपुग्दा बेनिशाले उत्कृष्ट फिल्महरूमा उत्कृष्ट अभिनय गरिसकेकी छिन् । वास्तविक जीवनकी दृष्टिविहिन् सृष्टि केसीको जीवनीमा आधारित बायोग्रँफी फिल्म ‘ब्लाइण्ड रक्स’ सृष्टि केसीकै भूमिका निर्वाह गरेपछि बेनिशाको चर्चा चुलिएको हो । उक्त फिल्मको उत्कृष्ट अभिनयका कारण बेनिशाले नेपालमा बेस्ट फिमेल एक्टरको एवार्ड समेत जितिसकेकी छिन् । द नेपाली टाइम्स अष्टे«लियासंगको कुराकानीका क्रममा बेनिशाले सप्तपरी कार्यक्रममा आफ्नो फिल्मी करियरको बारेमा आफ्नो धारणा राख्नेदेखि आफूले अभिनय गरेका केही चलचित्रका लोकप्रिय गीतहरूमा नृत्य गर्ने तयारी गरिरहेको बताइन् ।

 

वर्षा राउत, अभिनेत्री

नेपाली फिल्म क्षेत्रमा सबैभन्दा चुलबुले, फन्नी तथा बब्ली अभिनेत्री को हुन् ? भनेर यदि कसैले जिज्ञारा राख्यो भने पहिलो जवाफ हुनेछ वर्षा राउत । हजुर, वर्षा राउत पछिल्लो पुस्ताकी प्रतिभाशाली अभिनेत्री हुन् । मोडलको रुपमा म्युजिक भिडियोमा अभिनय गर्दा–गर्दै नेपाली फिल्मसम्म आइपुगेकी यी अभिनेत्रीले थोरै फिल्मबाट धेरै चर्चा पाएकी छिन् । नाइ“ नभन्नु ल–४ शीर्षकको फिल्ममार्फत रजतपटमा उदाएकी वर्षाले दीपकराज गिरीको फिल्म ‘छक्का पञ्जा–२’ मा अभिनय गरेपछि पछाडि फर्किएर हेर्नु परेको छैन । प्रदीप भट्टराईको फिल्म ‘जात्रा’ मा अभिनय गरेपछि वर्षाको अभिनयको थप प्रसंसा भयो । छक्का पञ्जा र जात्राको सफलतासंगै वर्षाले आफ्नो हृष्टपुष्ट ज्यानलाई स्लिम बनाउने अभियान थालिन् । त्यसका लागि उनी केही महिना अष्टे«लियामा समेत रहिन् । पुनः काठमाडौं आएर नेपाली फिल्ममा सक्रिय भैसकेकी वर्षाले पनि सिड्नीमा आयोजन हुने सप्तपरी कार्यक्रममा आफ्नो उत्कृष्ट प्रस्तुती दिने योजना बनाएकी छिन् । आफूले अभिनय गरेका लोकप्रिय गीतमा नृत्य गर्नुका साथै वर्षाले आफ्नो सफलताको कथा पनि सुनाउने छिन् ।

 

स्वस्तिमा खड्का, अभिनेत्री

लोकप्रिय नेपाली गीत ‘कुटुमा कुटु’ को सफलतासंगै दर्शकको मन–मुटुमा बस्न सफल अभिनेी हुन् स्वस्तिमा खड्का । त्यसो त म्युजिक भिडियोमै अभिनय गरेर करियर प्रँरम्भ गर्ने स्वस्तिमाले ‘कुटुमा कुटु’ गीतमा नृत्य गर्नुअघि नै केही फिल्ममा काम गरिसकेकी थिइन् । यद्यपि उनलाई ती फिल्मले भन्दा पनि कुटुमा कुटु गीतले बढि लोकप्रियता प्रदान ग¥यो । निर्देश्ँक निश्चल बस्नेतसंग वैवाहिक जीवन प्रारम्भ गरेपछि उनी थप चर्चामा आइन् । एकपछि अर्को गर्दै राम्रो ब्यानरका फिल्महरूमा अभिनय गरिरहेकी स्वस्तिमा आगामी दसैंमा प्रदर्शन हुने अशोक शर्माको फिल्म ‘जय भोले’ बाट आशावादी छिन् । यसबाहेक उनी भरखरै मात्र एउटा नयाँ फिल्ममा आवद्ध भएकी छिन्, जसको शीर्षक को बुलुबुल । उक्त फिल्ममा स्वस्तिमा ट्याम्पो चालक महिलाको भूमिका निर्वाह गर्दैछन् । सप्तपरी कार्यक्रममा स्वस्तिमाले ‘कुटुमा कुटु….’ गीतमा उत्कृष्ट नृत्य प्रस्तुत गर्ने निश्चित भैसकेको छ । यसबाहेक उनले उत्तः कार्यक्रममा थप केही गीतमा नृत्य गर्नेछिन् भने आफुले छोटो समयमा पाएको सफलताको रहस्यका बारेमा पनि जानकारी गराउने छिन् ।

 

एलिशा राई, अभिनेत्री/नृत्यांगना

‘ठमेल बजार…’ गीतको भिडियो लोकप्रिय हुनुमा अभिनेत्री एलिशा राईको ठूलो हात छ । उनले प्रस्तुत गरेको आकर्षक नृत्यका कारण ठमेल बजार गीतले यूट्युबमा करोडौं भ्यूज पाएके हो भन्दा फरक पर्दैन । कुशल नृत्यांगनाको रुपमा स्थापित भैसकेकी एशिला नेपाली फिल्ममा पनि नृत्यांगनाकै रुपमा स्थापित छिन् । यसबाहेक उनी नृत्यपरक गीतका म्युजिक भिडियोमा पनि उत्तिकै सक्रिय भैरहन्छिन् । सप्तपरी कार्यक्रममा एलिशाले आफ्नो उत्कृष्ट नृत्य कला प्रदर्शन गरेर दर्शकको मन जित्ने योजना बनाइसकेकी छिन् ।

 

 

 

रजिना रिमाल, गायिका

आफ्नो सुरिलो स्वरमार्फत लाखौं दर्शक तथा स्रँेताको मनमा बस्न सफल गायिका हुन् रजिना रिमाल । फिल्मका गीत हुन् अथवा आधुनिक गीतहरू, रजिनाको स्वरमा लट्ठ हुनेहरूको संख्या धेरै छ । उनले गाएका गीतहरू युवापुस्तादेखि वृद्ध–वृद्धाले समेत उत्तिकै मीठो मानेर सुन्छन् । सप्तपरी कार्यक्रममा रजिनाले आफ्ना आधा दर्जनभन्दा बढि लोकप्रिय गीत–संगीतहरू प्रस्तुत गर्ने योजना बनाएकी छिन् ।

 

 

 

सृष्टि केसी, सामाजिक अभियन्ता

आँखामा राखिने औषधी गलत भएपछि जीवनभरीका लागि दृष्टि गुमाउन पुग्ने एउटी युवती हुन् सृष्टि केसी । यद्यपि आफ्नो आँखा गुमेको दुःखलाई एकातिर पन्छाएर जीवनसंग संघर्ष गर्दै आजको दिनसम्म आइपुग्दा आफ्नो अन्तर्राष्ट्रिय छवि बनाउन सफल महिला पनि हुन सृष्टि केसी । दृष्टि बिहिनहरूका लागि काम गर्ने संस्था ब्ल्याण्ड रक्स स्थापना गरेर दृष्टिबिहिनहरूको भविष्य उज्वल बनाउने कार्यमा खटिएकी सृष्टि अहिले स्वदेश तथा विदेशमा मोटिभेसनल स्पिच दिएर समेत चर्चामा आइरहेकी हुन्छिन् । सृष्टिको वास्तविक जीवनमै आधारित फिल्म ब्लाइण्ड रक्सलाई दर्शकले मन पराइसकेका छन्, जसमा बेनिशा हमालले सृष्टिको चरित्र निर्वाह गरेकी छिन् । सप्तपरी कार्यक्रमको क्रममा सृष्टिले आफ्नो दुःख, संघर्ष तथा सफलताका बारेमा प्रभावकारी वक्तव्य दिने तयारी गरिरहेकी छिन् ।