मगर समाजको दोहोरि साँझ हुदै 

-- The NTA / प्रकाशित मिति : मङ्लबार, चैत्र २३, २०७२
IMG_4708
नेपाली लोकगित र संगीतको बजार अहिले नेपालमा जति कै प्रबासी नेपालीहरु रहेको ठाउँमा पनि ब्यापक रुपमा बिस्तार हुँदै गएको पाइन्छ । बिदेश बाटै गित सृजना गर्ने,  गाउने र भिडियो पनि बनाउने अनि प्रबासमा हुने प्राय संस्कृतिक  कार्यक्रमहरुमा लोक गित संगीतलाई समेटिनुले पनि यो क्षत्रमा नेपालिहरु बढिनै रमाउने पुष्टि हुन्छ ।
यसैक्रममा मगरहरुको परम्परा र संस्कृतिलाई अष्ट्रेलियामा जगेर्ना गर्दै आइरहेको मगर समाजले नेपालबाट कलाकार ल्याएर दोहोरि साँझको आयोजना गर्ने भएको छ । यहि अप्रिल १६  तारिखका दिन सिडिनि पिटरसाममा रहेको टाउन हलमा साँझ ६ बजेदेखि कार्यक्रम आयोजना हुने मगर समाज अष्ट्रेलियाका अध्यक्ष नविन राना मगरले बताउनुभयो । लोक गायक राजु गुरुगं र गायिका रिता थापामगरको दमदार प्रस्तुति रहने यस कार्यक्रको टिकटदर $२५ तोकिएको छ र १५ बर्षमुनिका बालबालिकालाई निशुल्क प्रबेश रहेको छ ।
कार्यक्रमका थप जानकारि वा टिकटको लागि  कार्यक्रमका संयोजक रघु जुग्जालिलाई  0415 609 964 मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।