विश्वका ५१.२ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा
सिड्नी– विश्वको कुल जनसंख्याको ५१.२ प्रतिशतमा इन्टरनेटको पहुँच पुगेको छ। इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) ले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार हाल तीन अर्ब ९० करोड मानिस इन्टरनेटमा जोडिएका छन्। विश्वको जनसंख्या सात अर्ब ५३ करोड छ । यससँगै पहिलोपटक विश्वका आधाभन्दा बढी मानिस एकैपटक अनलाइनमा हुनेछन्। यसका लागि विकसित राष्ट्रलाई आईटीयूले धन्यवाद दिएको छ। विकसित देशमा सन् २००५ मा इन्टरनेटको पहुँच ७.७ प्रतिशतमा थियो। यो प्रतिशत बढेर सन् २०१८ को अन्त्यसम्म आइपुग्दा ४५.३ प्रतिशत पुगेको छ ।
आईटीयूको तथ्यांकअनुसार अफ्रिका महादेशमा सबैभन्दा दु्रत गतिमा इन्टरनेट विस्तार भएको छ। अफ्रिका महादेशमा सन् २००५ बाट अहिलेसम्म आइपुग्दा २.१ प्रतिशतबाट २४.४ प्रतिशत मानिस इन्टरनेटको पहुँचमा पुगेका छन् । विकसित राष्ट्रमा भने २००५ मै ५१.३ प्रतिशत मानिस इन्टरनेटको पहुँचमा थिए। त्यो प्रतिशत बढेर सन् २०१८ को अत्यसम्म ८०.९ प्रतिशत पुगेको छ। अरबी मुलुकमा ५४.७ प्रतिशत र एसिया तथा प्रशान्त क्षेत्रमा ४७ प्रतिशत इन्टरनेटको पहुँच वृद्धि भएको छ । सबैभन्दा कम वृद्धिदर रहेको युरोपमा इन्टरनेटको पहुँच ७९.६ र अमेरिकी मुलुकमा ६९.६ प्रतिशत जनसंख्याले इन्टनरेट प्रयोग गर्छन्। आईटीयूको प्रतिवेदनअनुसार सन् २००७ मा मोबाइल ब्रोडब्यान्डको पहुँच प्रतिसय चार जनामै मात्रै सीमित थियो ।यो सन् २०१८ को अन्त्यसम्म आइपुग्दा ६९.३ मा पुगेको छ।
त्यसमध्ये एसिया प्रशान्त, अरब मुलुक र अफ्रिकामा मोबाइल ब्रोडब्यान्डको वृद्धिदर अत्यधिक छ। विकसित राष्ट्रमा मोबाइल ब्रोडब्यान्डको पहुँच सन् २००७ मा प्रत्येक सयमा रिोबाट वृद्धि भएर २८.४ मा आइपुगेको तथ्यांकमा उल्लेख छ। रिपोर्टअनुसार विश्वभर सन् २०१८ आधाभन्दा बढी घरधुरीसँग कम्तीमा एउटा कम्प्युटर छ, जुन सन् २००५ मा कुल घरधुरीमध्ये एक चौथाईसँग मात्र थियो। विकसित मुलुकमा ८३.२ प्रतिशत घरधुरीसँग कम्प्युटर छ। विकासशिल मुलुकमा त्यस्तो प्रतिशत ३६.३ रहेको तथ्यांकले देखाएको छ । एजेन्सीको सहयोगमा
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण...
काठमाडौँ- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।...
विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार विश्वासको मत लिँदैछन्...
काठमाडौं– कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कार्की...
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण...
काठमाडौँ- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।...
विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार विश्वासको मत लिँदैछन्...
Join our emo dating website and luxuriate in a great and safe...
Enjoy the many benefits of online dating Single men are always looking for...