‘नया’ को आयोजनामा एक दिने बास्केटबल प्रतियोगिता हुदै  

-- The NTA / प्रकाशित मिति : बिहिबार, चैत्र २५, २०७२

12941067_10207556619808283_1198228240_o

सामाजिक काम सँगै अष्ट्रेलियामा युवाहरुलाई बिबिध  खेलकुदका गतिबिधिहरुमा सामेल गराउदै बिभिन्न मैत्री एबम प्रतियोगी खेलहरु खेलाउदै आएको  नेप्लिज अष्ट्रेलियन युथ एशोसिएसन (नया)ले एकदिने बास्केटबल प्रतियोगिता आयोजना गर्दै छ । आगामि अप्रिल १० तारिख आइतबारको  दिन ५३१ इलावारा रोड म्यारिकभिलमा अबस्थित पिसिवाइसी हलमा बिहान ८ बजे देखी दिउसो २:३० बजे सम्म हुने उक्त दिनको रोमान्चक बास्केटबल प्रतियोगितामामा बिभिन्न ६ बटा पुरुष टिम र २ महिला टिमहरु सहभागी हुने ‘नया’ को तर्फ बाट सुमन बोहोराले बताए । एबिके लयर्स दोश्रो ‘नया’ बास्केटबल प्रतियोगिता नाम दिएको उक्त प्रतियोगिताको मुख्य टुर्नामेन्ट प्रायोजक एबिके लयर्स र बास्केटबल टिमको प्रायोजन ग्लोबल कलेजले गरेको छ।

युवाहरुलाई खेलको मध्यमबाट जोड्ने यस प्रतियोगितामा सहयोग गर्न पाएकोमा एबिके लयर्सका भवानी पौडेल र कुशल भट्टराईले प्रसन्नता व्यक्त गरे । बिबिध खेलहरु जस्तै बास्केटबल युवाहरुको लोक प्रिय खेल भएको र ‘नया’ले यो प्रतियोगिता संचालन गरेकोमा खुशी साथ सहयोग गरेको ग्लोबल कलेजका सन्तोष पाठकले बताए।

उक्त एक दिने प्रतियोगितामा सहभागी भइ खेलाड़ी, आयोजक र प्रायोजक सबैलाई उत्साहा थपि दिन संस्थाका अध्यक्ष कोमल पाठकले सबै खेल प्रेमीहरुलाई अनुरोध गरेका छन् । प्रतियोगिता सम्बन्धि थप जानकारीका लागी सुमन बोहोरा ०४३२५३७४८२ वा कपिल श्रेष्ठलाई ०४२४७८०१९६ मा गर्न सकिनेछ ।