झिमिक्क परेलीमा केकी र आर्जनको अभिनय

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, फाल्गुन ८, २०७५

काठमाडौं-   ईन्दिरा जोशीसंगको यूगल गीत ‘रेलिमाई’ को सफलतापछि गायक आर्जन पाण्डे झिमिक्क परेली…शीर्षकको यूगल गीत लिएर दर्शक तथा स्रोतामाझ आएका छन् ।

यसपटक गायक पाण्डेले गायिका मेलिना राईसंग यूगल गायन गरेका छन् । रेलिमाइको सिक्वेल भनिएको उक्त गीतको भिडियोलाई दर्शकले मन पराएका छन् । विशाल भण्डारीद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा गायक आर्जनसंगै अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी छिन् ।

रोचक कुरा त के छ भने आर्जन र केकी प्रेमी प्रेमिका रहेको दाबी सहित मिडियामा विभिन्न गसिप तथा समाचारहरु आइरहँदा यो पटक दुबै जना एकसाथ भिडियोमा देखिएका छन् । जुनकुराले आर्जन र केकीको सामिप्यतालाई आंकलन गर्नरहरुलाई थप बल पुर्याएको छ ।

भिडियोमा सम्पादन प्रविण श्रेष्ठको छ भने छायाँकन अर्जुन तिवारी एण्ड टिमको छ । गीतमा संगीत भने प्रतिक पौडेलले भरेका छन् । रेसुभिल्ला आसपासमा खिचिएको गीतको भिडियोलाई निर्देशक भण्डारीले फिल्मी शैलीमा आकर्षक बनाएका छन् ।

यस्तो छ भिडियो