सन्दिपको कीर्तिमानी बलिङमा अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, माघ २९, २०७६

काठमाडौं-  आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले दोस्रो जीत हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले अमेरिकाविरुद्ध ८ विकेटको जीत हात पारेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिकाले दिएको ३६ रनको झिनो लक्ष्य पुरा गर्न नेपालले ५.२ ओभरमा २ विकेट गुमाएर ३६ रन बनाएको हो ।

पारस खड्का २० र दिपेन्द्रसिंह ऐरी १५ रनमा नटआउट रहे। १२ बलको सामना गरेका पारस खड्काले १ छक्का र ३ चौका हाने। दिपेन्द्रले ११ बलमा २ चौका र १ छक्का प्रहार गरे।

कप्तान ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शून्य रनमा पवेलियन फर्के। ओडीआईमा नेपालले अमेरिकालाई कम स्कोरमा रोक्दै विश्व कीर्तिमान समेत बनाएको छ। नेपालले पहिलो खेलमा पनि अमेरिकालाई ३५ रनमा हराएको थियो। जितसँगै घरेलु मैदानमा भएको ओमान सम्मिलित सिरिजमा नेपालले सुखद अन्त्य गरेको छ।

अमेरिकाका लागि जेभिएर मार्सलले १६ रन बनाए भने अन्यले दोहोरो अंक जोड्न सकेनन् । यो एकदिवसिय क्रिकेटको इतिहासमै सबैभन्दा सानो लक्ष्य हो ।

उक्त खेलमा नेपालका उत्कृष्ट बलर सन्दिप लामिछानेले ६ विकेट लिन सफल भएका थिए ।