यूएईलाई हराउँदै नेपालले गर्यो श्रृंखला बराबरी
काठमाडौं- नेपालले यूएईलाई तीन विकेटले पराजित गरेको छ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा भखर्रै सम्पन्न खेलमा नेपालले १३ बलअघि नै विजयी लक्ष्य भेट्टाएको हो । यूएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७.५ ओभरमा पुरा गरेको हो ।
नेपाललाई विजयी गराउने क्रममा गुल्शन झाले सार्वधिक ३७ रनको योगदान दिए । उनीबाहेक कुशल भुर्तेलले ३५ रन, आरिफ शेखले ३३ रन, सोमपाल कामीले १९ रन, ज्ञानेन्द्र मल्लले २६ रन, दिपेन्द्र सिंह ऐरीले १४ रनको योगदान दिए । योसंगै तीन खेलको यो श्रृंखला १–१ को बराबरी भएको छ । अब तेस्रो तथा अन्तिम खेल जित्ने टोलीले श्रृंखलामाथि कब्जा जमाउने छ ।
त्यसअघि, त्यसअघि, नेपालका बलरहरुले उत्कृष्ट बलिङ गर्दा यूएईको टीम १९१ रनमा अल आउट भएको थियो । आजको खेलमा यूएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला अन्तर्गतको दोस्रो खेलमा नेपालका सोमपाल कामी तथा ललित राजवंशीले समान तीन–तीन विकेट लिएका थिए । यूएईको टीमले ४३.२ ओभरमा अलआउट हुँदै १ सय ९१ रनको योगफल तयार गर्यो ।
आजको खेलमा करण केसी, गुलसन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १–१ विकेट लिए ।
यूएईका लागि ओपनर मोहमद वासिमले सर्वाधिक ५० रनको योगदान गरे । वासिमबाहेक आलिसन शराफु ३५ रन बनाए भने वृत्य अरविन्दले २५ रन जोडे । बासिल हमेद २४ रनमा आउट हुँदा कप्तान चुुन्दाङपोयल रिजवानले २२ रनको योगदान गरे । भिस्नु सुकुम्रन १५ रन जोडेर पभेलियन फकँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो । नेपाललाई यो श्रृंखलामा कायम रहनका लागि आजको खेल जित्नै पर्ने दवाव थियो ।
क्यान्वेरा– अष्ट्रेलियाको राजधानी क्यान्वेरामा आयोजित एक कार्यक्रममा सञ्चारकर्मी प्रदीप तिमल्सीना तथा अभिषेक...
काठमाडौं- संघीय संसदको प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बिहीबार साँझ...
काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ...
काठमाडौं- सरकारले महत्वाकांक्षी घोषणासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति...
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण...
क्यान्वेरा– अष्ट्रेलियाको राजधानी क्यान्वेरामा आयोजित एक कार्यक्रममा सञ्चारकर्मी प्रदीप तिमल्सीना तथा अभिषेक...
काठमाडौं- संघीय संसदको प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बिहीबार साँझ...
काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ...
Enjoy the many benefits of starting up tonight hook up tonight for tonight...
Le bref variante: utiliser bons soins de vous fréquemment...