एमालेका सुहाङले लिए झण्डै चार हजार मतको अग्रता

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, बैशाख १७, २०८१

इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११ हजार ६ सय १९ मत प्राप्त गरेका छन् । सुहाङलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ६ सय ५९ मतका साथ पछ्याइ रहेका छन् । स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ७ हजार ४ सय ५२ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलनकुमार योङहाङ लिम्बुले १ हजार ५ सय ८६ मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले आज साँझसम्म नतिजा सार्वजनिक गर्ने गरी गणना भइरहेको जानकारी दिएका छन् । कुल १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा भएको मतदानमा ६९ हजार २ सय ८७ मत खसेको थियो ।