कामिरिताले गरे सगरमाथाको कीर्तिमानी आरोहण
काठमाडौं– कीर्तिमानी आरोही कामिरिता शेर्पाले सगरमाथाको ३०औँ पटक सफल आरोहण गरेर आफ्नै कीर्तिमान तोडेका छन् । कामिरिताले बुधवार बिहान ७ः४९ बजे सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ । शेर्पाले यसै सीजनमा गत वैशाख ३० गते २९औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए । उनी सगरमाथामा सबैभन्दा बढी पटक आरोहण गर्ने आरोही हुन् । यसअघि पनि यो किर्तिमान उनकै नाममा रहेको थियो । सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका थामेमा जन्मिएका ५४ वर्षीय कामरिताले सफल आरोहण गरेर आफ्नै कीर्तिमान तोडिदिएका छन् । सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा कामिरिता सर्वाधिक आरोहण गर्ने कीर्तिमानी आरोही हुन् ।
सगरमाथासहितका हिमाल नेपालको गौरव पनि हो । पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नागरिक नेपाल आउँछन् । कीर्तिमानी आरोही कामिरिताको बुझाइमा हिमालले देशलाई धेरै चीज दिएको छ । हिमाललाई दुहुना गाईका रुपमा मात्र प्रयोग नगरी संरक्षण र सरसफाइ गर्नुपर्ने उनको बुझाइ छ । कामिरिताले विसं २०७९ को वसन्त ऋतुमा पनि दुई पटक सगरमाथा आरोहण गरेका थिए । सन् २०२३ को मे १७ मा कामिरिताले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए । त्यसको केही दिनलगत्तै उनी दोस्रोपटक सगरमाथाको चुचुरोमा पुग्न सफल थिए ।
उनले सन् २०२२ को वसन्त आरोहणमा डोरी टाँग्ने क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए । उनले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, एक पटक केटु हिमाल आरोहण गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन् । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरो टेकेका कामिरिताका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी पटक आरोहण गरेको कीर्तिमान छ । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेपछि कामिरिताको कीर्तिमानी खोसिने हो कि भन्ने चुनौती थपिएको थियो । पासाङ दावाले आरोहणलाई निरन्तरता दिएमा कीर्तिमान तोडिने भएकाले जोगाउने चुनौती थपिएको हो । सगरमाथाको दोस्रो शिविरभन्दा माथिको बाटो बनाउने जिम्मा सेभेन समिट ट्रेक्स प्रालिले पाएको छ । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न उत्साहजनक रुपमा आरोही आइरहेका छन् ।
प्रोभिडेन्स- नेपाली क्रिकेटको इतिहासमा आजको दिन सधैं भरिका लागि स्मरणीय रहने छ...
काठमाडौं– क्रिकेटर सन्दीप लामिछाने टी२० विश्वकप खेल्ने भएका छन् । अमेरिकाले भिसा...
काठमाडौं– सरकारले विभिन्न राजदूत फिर्ता बोलाउने निर्णय नियमित प्रकृया भएको स्पष्ट...
काठमाडौं– नेपालमै पहिलो पटक आयोजना गरिएको तीन दिने ‘नेपाल फेसन फेस्टिभल’ सफलतापूर्वक...
प्रोभिडेन्स- नेपाली क्रिकेटको इतिहासमा आजको दिन सधैं भरिका लागि स्मरणीय रहने छ...
काठमाडौं– क्रिकेटर सन्दीप लामिछाने टी२० विश्वकप खेल्ने भएका छन् । अमेरिकाले भिसा...
काठमाडौं– सरकारले विभिन्न राजदूत फिर्ता बोलाउने निर्णय नियमित प्रकृया भएको स्पष्ट...
Meet local black women whom share your interests Looking for a night out...
Only Lads is actually a ...