सिड्निमा श्रीमद्भागवत् ज्ञान महायज्ञ सम्पन्न

गत जुलाई २३ र २४ तारिखका दिन सिड्निको क्रोयडन पार्कमा अवस्थित कोरियन हलमा परोपकारि उद्देश्य लिएर गरिएको श्रीमद्भागवत् ज्ञान महायज्ञ अति हर्ष उल्लास र अध्यतिमिक सन्देश सहित सम्पन्न भएको छ । गोर्खा समाज अस्ट्रेलियाले आयोजना गरेको उक्त कार्यक्रममा कथा वाचन तथा जीवनोपयोगी आध्यात्मिक प्रवचन पण्डित श्री दीनबन्धु पोखरेलले गर्नुभएको थियो । अध्यात्मलाई परोपकारी सँग जोडेर सयौ धार्मिक अनुष्ठान सम्पन्न गरिसकेका बचन प्रबिण पोखरेललाई सुन्न टाढा टाढाबाट समेत भक्तजनहरु आएका थिए।
कार्यक्रमको पहिलो दिन जूलाई २३ गते पण्डित पोखरेलको आध्यात्मिक प्रवचन तथा स्थानीय कलाकारहरूको साथमा भजन कीर्तन र साँझ साङ्गितिक कार्यक्रम राखिएको छ । कार्यक्रमको दोश्रो दिन जूलाई २४ गते कलश यात्राको साथमा भागवत् कथा बाचन र भजन कीर्तन गरिएको थियो । साथै आइतवार विहान १० बजे कलश यात्रामा सिड्निका सयौं भक्तालुजनको उपस्थिति रहेको थियो ।
मानव सेवालाई आफ्नो मुलमन्त्र मानेर सडक पेटीहरूमा कष्टकर जीवनयापन गर्न बाध्य पारिएकाहरूलाई बासस्थान, भोजन तथा न्यानो कपडाको ब्यवस्था गर्दै आएको मानव सेवा आश्रम, हेटौंडालाई सहयोग गर्ने परोपकारी उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । आफ्नो संस्कारको जगेर्ना गर्दै आध्यात्मिक शान्तिबाट लाभ लिन ब्यस्त दैनिकीमा रहेका हजारौं सिड्नीबासीहरुको प्रवचनमा सहभागिता थियो । कार्यक्रमको आयव्यय छिट्टै सार्बजनिक गरेर बचेको रकम यथाशिघ्र सम्बन्धित ठाऊँमा पुर्याउने आयोजकले बताए । त्यसै गरि कार्यक्रमलाई भब्यताका साथ सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण श्रद्धालु भक्तजनहरु, आदरणिय दान दाताहरु, प्रायोजक व्यवसायीहरु, सल्लाह सुझाव दिएर व्यवस्थापनमा सहयोग गर्नुहुने अग्रजहरु, सम्पूर्ण सञ्चारकर्मीहरु, वाचनमा सहयोग गर्नुहुने वाद्यवाचकहरु र प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुप्रति गोरखा समाज अष्टेलियाले हार्दिक आभार प्रकट गरेको छ।

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५...

काठमाडौं– इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१ को उपाधि पारामाउन्ट कलेजले जितेको छ...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...