चेलीहरुले मनाए परोपकारी तीज 

-- The NTA / प्रकाशित मिति : सोमवार, साउन २४, २०७३
Nari Nikunja teej (2)सिड्नी,अस्ट्रेलिया| संस्कृतिक रुपमा अभिन्न अंग बनेका हाम्रा धेरै चाड-पर्ब संस्कृतिक महत्व र मनोरन्जन त छदै छन् त्यसमा अलिकति परोपकारीता मिसाउँदा सहभागी संगै अरु धेरैको मुहारमा मुस्कान आउन सक्छ भन्ने सशक्त उदाहरण सहित यस पटक पनि गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको वोमेन फोरम नारी निकुञ्ज अष्ट्रेलियाले तीजको दरखाने कार्यक्रम उल्लासमय बाताबरणमा सम्पन्न गरेको छ । गत ६ जुलाईका दिन ग्रानभिलमा सम्पन्न उक्त कार्यक्रममा सहभागी महिलाहरु मन फुकाएर नाचे, रमाइलो गरे र प्रवासको भूमिमा केहीबेर भएपनि तनावलाई बिर्सिए, र आफु सहभागी हुदै गर्दा सहभागी शुल्कको केहि रकम परोपकारी कार्यको लागि पनि जोडे । तीजको दर खाने कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरु पनि गरिएको थियो भने कार्यक्रमकी प्रमुख आकर्षण रहेकी चर्चित गायिका कोमल ओलीले खचाखच भरिएको सांगीतिक साँझमा आमा, छोरी र नातिनी तिनै पुस्ताका महिलाहरुलाई छमछम नचाएकी थिइन् । गायिका ओली बिशेष गरी तीजको उपलक्ष्यमा गाउने नयाँ नयाँ शैली र स्वादका गीतका कारण नेपालमा मात्रै हैन प्रबाशमा पनि उत्तिक्कै चर्चित छन ।
परोपकारिताको भाबना उजगार गर्दै नेपाली चाडपर्ब र संस्कृतिलाई बिदेशमा पनि पर्बर्धन गर्ने उदेश्यले नारी निकुन्ज अष्ट्रेलियाले हरेक बर्ष तीजको दर खाने कार्यक्रम आयोजना गर्दै अाइरहेको छ । चाडपर्ब भड्किलो बन्दै गैरहेकोमा जनमानसले चिन्ता व्यक्त गर्द गर्दा तीन हप्ता पहिला नै गरिने निकुन्जको दर खाने कार्यक्रमले प्रबासी महिलाहरुलाई माइतीको आगनी प्रदान गर्दै परोपकारी कार्यलाई जोड्ने गर्दछ । जस अनुसार नेपालमा पठेघर झर्ने समस्या बाट पीडित महिलाको समस्यालाई मध्य नजर गर्दै ‘उटेरिन प्रोल्याप्स प्रोजेक्ट’लाई २०१० देखी सन्चालनमा ल्याएको छ । यस पटकको कार्यक्रमबाट संकलित रकमले नारी निकुन्ज को ‘महिला सशक्तिकरण’ कार्यक्रम अन्तर्गत नेपाली महिला उद्धमी संघ सँग मिलेर नेपालमा आर्थिक बिपन्नतामा परि कष्टकर जीवन बिताउन वाध्य नेपाली महिलाहरुको सिपको बिकास गरी उनिहरुलाई आत्मनिर्भर बनाउनमा लगानी गरिने संस्थाले जनाएको छ । निकुन्जले यस प्रयोजनको लागि नेपाली महिला उद्धमी सँग १० लाख रुपैयाँको एक सम्झौता पत्रमा भर्खरै हस्ताक्षर गरिसकेको संस्थाकी सचिब प्रतिज्ञा अधिकारीले द नेपाली टाईम्स अस्ट्रेलियालाई बताइन । त्यस्तै ‘उटेरिन प्रोल्याप्स प्रोजेक्ट’लाई यो बर्ष पनि निरन्तरता दीईने छ। गत बर्ष नारी निकुन्जले तीज मनाएर जम्मा गरेको रकमले नेपालको अती बिकट खोटाङ जिल्ल्मा पाठेघर झर्ने समस्याबाट पीडित महिलाको उपचार गरेको र भुकम्पले ध्वस्त बनको स्कुल पुनर्निर्माण पछि साना-साना बालबलिका स्कुल जान पाउदाको खुशी भिडियो मार्फत सचिब अधिकारीले कार्यक्रममा प्रस्तुत गर्दा उपस्थित महिलाहरु भाबबिभोर मात्र बनेका थिएनन अब हरेक बर्ष नारी निकुन्जको परोपकारी तीजमा आफ्नो सहभागिता जनाउने प्रतिबद्द्ता पनि ब्य्क्त गरेका थिए।Nari Nikunja teej (1)
उक्त कार्यक्रममा एनआरएनए प्रबक्ता रन्जु वाग्ले थापालाई संस्थाको तर्फबाट अभिनन्दन गरिएको थियो । २००९ मा नारी निकुन्ज अष्ट्रेलियाको स्थापनामा थापाको बिशेष भूमिका रहेको स्मरण गर्दै निकुन्जले उंहालाई यो सम्मान गरीएको  हो । एनआरएनएकी केन्द्रीय संरक्षक इन्द्रा बनले थापालाई संस्थाको तर्फबाट अभिनन्दन गर्नु भएको थियो । त्यसै लामो समय देखी नेपाली कला, संस्कृति र संचारका क्षेत्रमा आफ्नो जीबनको महत्वपूर्ण समयहरु अर्पण गरेकी  गायिका, कलाकार र संचारकर्मी कोमल ओलीले राष्ट्रलाई पुराउनु भएको अमुल्य योगदानको नारी निकुञ्ज अस्ट्रेलिया उच्च मुलायंकान् गर्दै बिशेष सम्मान स्वरूप कदर पत्र प्रदान गरेको थियो ।
कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागिहरुलाई नारी निकुञ्ज अष्ट्रेलियाकी उप-संयोजक दीपा सापकोटाले स्वागत गर्नु भएको थियो भने संयोजक सिर्जना संग्रौलाले उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । संस्थाकी सदस्य राधिका बानियाले संचालन गरेको उक्त कार्यक्रममा आर्थिक रुपले सहयोग गर्ने बिभिन्न प्रायोजकहरुको सहयोगको उच्च मुल्यांकन गर्दै कदर पत्र प्रदान गरिएको थियो। कार्यक्रम अबधी भर अर्को आकर्षण बनेको फोटोग्राफर सुधिरा शाहको ‘फोटो केर्नर’ मा  युबतीहरु मात्र हैन उमेर ढल्केका महिलाहरु पनि पोज दिदै रमाएका थिए । फोटोग्राफर शाह निकुन्जकी सह-सचिब हुन भने २०१६ मा उनी एनएस्डब्लूको  एआआइपिपि फोटोग्राफएर अफ द यएर फाइनलिस्ट हुन सफल भएकी थिइन ।
महिलाहरुको मात्रै उपस्थिति रहने यस तीजको दर खाने कार्यक्रम एक मात्र भिन्न कार्यक्रम र पछील्लो समयमा नाच्ने गाउँनेमा मात्र सिमित नरहेर परोपकारी तीजमा पारीणत भएकोमा सहभागी सबैले कार्यक्रम सार्थक रहेको प्रतिकृया दिएका थिए । नारी निकुन्ज अष्ट्रेलियाले कार्यक्रम सफलताका साथ सम्पन्न गर्न बिभिन्न तरिकाले सहयोग गर्ने सम्पूर्ण प्रायोजकहरु, समर्थकहरु, संचारकर्मीहरु, स्वयंसेवक र शुभ चिन्तकहरुलाई धन्यवाद प्रकट गरेको छ ।