नायिकासंग डाक्टरको अभिनय
काठमाडौं— वीर अस्पतालको ट्रमा सेन्टरमा कार्यरत चिकित्सक विक्रान्त मेहता गायकको रुपमा स्थापित हुने सम्भावना बढेको छ ।
डा.मेहताले हालै सार्वजनिक गरेको आफ्नो दोस्रो म्युजिक भिडियो कम समयमै दर्शकको रोजाइमा परेको छ ।
गायिका अञ्जु पन्तसंग यूगल गायन गर्दै डा.मेहताले गाएको ‘फूलको सुवास…’ गीतले कम समयमै दर्शकको मन जितेको हो ।
अर्जुन अधिकारीद्वारा निर्देशित उक्त भिडियोमा डा.मेहताले नायिका केकी अधिकारीसंग अभिनय तथा नृत्य गरेका छन् ।
डुमरिया, रौतहटमा जन्मिएका डा.मेहताको यो नया“ गीतकार रचनाकार नारायण खरेल हुन् भने विशाल हुमागाई“ यो गीतका संगीतकार हुन् ।
हरि हुमागाईंद्वारा छायांकन गरिएको यो भिडियोका सम्पादक निशान घिमिरे हुन् ।
बाल्यकालदेखि नै संगीतमा रुची राख्ने डा.मेहता करिव तीन वर्षदेखि सांगीतिक क्ष्ँेत्रमा पनि सक्रिय छन् ।
हालसम्म पाच वटा गीत रेकर्ड गरिसकेका डा.मेहता केही समयपछि नै एकल एल्बम लिएर स्रँेतामाझ आउने तयारी समेत गरिरहेका छन् ।
केही चलचित्रमा पाश्र्व गायन समेत गरिसकेका डा.मेहतालाई चलचित्रका संगीतकारहरुले समेत रुचाएका छन् । चिकित्सा पेशामा सक्रिय रहे पनि डा.मेहताले संगीतलाई संगसंगै अघि लैजाने योजना बनाएका छन् ।
संगीतकर्मी गुरुदेव कामत तथा राम सिटौलासंग संगीतको औपचारिक प्रशिक्षण लिएका डा.मेहताले यसअघि गायिका रजिना रिमालसंग यूगल गायन गरेको ‘तिम्रै तिम्रो…’ गीत पनि लोकप्रिय भएको थियो ।
फूलको सुवास…को भिडियो यस्तो छ :
काठमाडौं- सरकारले महत्वाकांक्षी घोषणासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति...
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण...
काठमाडौँ- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।...
विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार विश्वासको मत लिँदैछन्...
काठमाडौं– कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कार्की...
Enjoy the many benefits of starting up tonight hook up tonight for tonight...
Le bref variante: utiliser bons soins de vous fréquemment...
काठमाडौं- सरकारले महत्वाकांक्षी घोषणासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति...
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण...
काठमाडौँ- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।...