दसैंको धार्मिक तथा सांस्कृतिक महत्व

-- NTA REP. / प्रकाशित मिति : शनिबार, कार्तिक ६, २०७३

dashainनेपालीहरूको सबैभन्दा ठूलो पर्व दसैं यही अक्टोबर १ का दिनदेखि प्रारम्भ भैसकेको छ । घटस्थापनाको उक्त दिन घर घरमा जमरा राखेर दसैंको विधिवत थालनी भएको हो । दसैंको पहिलो दिन अर्थात घटस्थापनाको दिन घरको पूजाकोठामा दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर दुर्गा भवानीको आह्वान गर्दै घटस्थापना गरिन्छ । दसैं आश्विन शुक्ल प्रतिपदादेखि प्रारम्भ भएर १५ दिन अर्थात पूणिर्मासम्म देवीको पूजा अर्चना गरी मनाइन्छ ।

दसैंको मुख्य दिन दशमीमा आफ्ना मान्यजनबाट टिका ग्रहण गर्दा समृद्धिको प्रतीक पहेंलो जमरा प्रयोग गरिने हुँदा आज घरघरमा जमरा रोपिन्छ । जमरा उमार्न नजिकैको ताल, तलैया वा खोलाबाट शुद्ध माटो र बालुवा दसैं घरमा ल्याएर त्यसमा जमरा उमारिन्छ । नवरात्रीको अवसरमा आजदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा तथा दुर्गा भवानीको पूजा अर्चना गरी दशकहाविद्या, चण्डी र भगवती स्तोत्र पाठ गरिन्छ ।

दसैं एक, महत्व अनेक

दसैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध(पूजा आदि नामले जानिन्छ । यो नेपालीहरूको प्रमुख पर्व हो । आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । बताइन्छ कि भगवान रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रुपमा मनाइन्छ । यसकारण, यस दशमीलाई विजया दशमीको नामले जानिन्छ ।

दसैं वर्षमा तीन अत्यन्त शुभ तिथिहरूमा एउटा हो अरु दुइवटा हुन् चैत्र (चैत) को शुक्लको एवं कार्तिक शुक्लको प्रतिपदा तिथि । यी दिनहरूमा हिन्दूहरू नयाँ कार्य सुरु गर्दछन्, शस्त्रको पूजा गर्दछन् । विजयदशमी भगवान रामको विजयको रुपमा मनाइयोस् अथवा दुर्गा पूजाको रुपमा, दुवैमा रुपमा यो शक्ति(पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्ष एवं उल्लास तथा विजयको पर्व हो । हिन्दू सास्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैंको उत्सव–पर्व सुरु भएको हो ।

प्राचीन कालमा राजाहरू यस दिन विजयको प्रार्थना गरेर रण यात्राको लागि प्रार्थना गर्दथे । यस दिन ठाउँ(ठाउँमा मेलाहरू लाग्थे । अहिले पनि भारतमा रामलीलाको आयोजना हुन्छ । रावणको विशाल पुतला बनाएर जलाइन्छ ।

सामाजिक महत्व

दशैंको साँस्कृतिक पक्ष पनि छ । भारत तथा नेपाल कृषिप्रधान देश हुन् । जब कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्नरुपी सम्पत्ति घरमा ल्याउँछ तब उसको खुशी एवं उमंगको सीमा हुँदैन । यस खुशीको अवसरमा उ भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ । दक्षिण एसियाका धेरै देशमा विशेष गरि भारत, नेपाल, भुटान र बर्मा म्यानमारमा यो पर्व विभिन्न प्रकारले मनाइन्छ ।

नेपालीको दसैं

दशैं नेपालीहरू र विशेषत: नेपाली हिन्दूहरूको सबैभन्दा ठूलो पर्व हो । नेपाली हिन्दू पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा ‘विजया दशमी’ का नामले पनि चिनिन्छ ।

हिन्दू चान्द्र मासिक पन्चा∙ गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू निश्चित गते र तारिखमा नपर्ने हुनाले दशैं पनि अंग्रेजी वा ग्रेगरियन क्यालेण्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्यदेखि अक्टोबर महिनाको मध्य बीचमा पर्छ ।

दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ । दशैं प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत) सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिन लाई नवरात्रि र दशौं दिनलाई दशमी वा दशैं भनिन्छ्र । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ । प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी, विजयादशमी र पूर्णिमा (कोजाग्रत) दशैंका प्रमुख तिथिहरू हुन् ।

प्रमुख पूजा र उत्सव

सातौं दिनलाई फूलपाती, आठौं दिनलाई महाअष्टमी, नवौं दिनलाई महानवमी एवं दशौं दिनलाई विजया दशमी भनिन्छ र यी दिनहरूको महत्व अधिक रहेको पाइन्छ ।

महासप्तमी

सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामाग्री स्वरुप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ । यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपातीस्वरुप केरा, दारिम, धान, हलेदो, माने, कर्चर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ । यी नौ पातमा क्रमश: ब्रम्हाणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पूजिन्छ ।

यहाँनेर यस तथ्यलाई पनि सम्झनु आवश्यक छ कि इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृत्तासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए । यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् । साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौंको जमलमा ल्याई प्रोसेशन र बढाइँ साथ हनुमानढोका दरवारमा भित्र्याइन्छ ।

महाष्टमी

नवरात्रिको आठौं दिनमा महाकाली (भद्रकाली) को विशेष पूजा(आजा गरिन्छ । देवीभागवत अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्न ज्यादै शक्तिशाली भद्रकाली करोडौं योनी (शक्ति) का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ । पूजापश्चात यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ । यी दिनहरूमा मानिसहरू आ(आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन् । शाकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौंला, आदि फल अर्पण गर्दन् ।

काठमाडौँको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्बसाधारणको लागि खुल्ला रहन्छ । यसै दिन दशैंघर (हनुमानढोका) को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ । महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ । धेरैले यसै दिनदेखि खेतिमा प्रयोग हुने हतियारको पूजा गर्छन् र दशमीमा विर्सजन गर्छन् ।

महानवमी

नवरात्रिको नवौं दिन विशेष गरी महालक्ष्मी देवीको पूजा(आजा गरिन्छ । यसै दिन बिहान कलपूजा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरु पूजाको अतिरिक्त विशेष गरी दुइ वर्षदेखि दस वर्षसम्मका नवकन्याको पनि पूजाआजा गरिन्छ ।

विजया दशमी

नवरात्रिको दशौं दिनलाई विजयादशमी पनि भनिन्छ् । यस दिनमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ्र । सोह्र सामाग्रीले भगवती दुर्गा र अरु देवीहरू तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजित देवी, दाहिनेतिर जयादेवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामाग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती र्दुगा, अन्य देवदेवीहरूलाई चधाई आरती र पुष्पाञ्जलि गरिन्छ ।

यति गर्नाले कसैले पनि आफूमाथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । त्यसपछि निम्न मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विर्सजन गरी उठाएर अन्यत्र राख्नुपदर्छ:

आवाहनं नजानामि नजानामि विर्जनम् ।

पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी ।।

इमां पूजां मया देवी यथाशक्त्या निवेदितम् ।

रक्षार्थ त्वत्प्रसादाय व्रज स्वस्थानमुत्तमम् ।।’

यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ । अनि घरका मुलिद्वारा भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद ग्रहण गरिन्छ । अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दसैँको लागि तयार पारी राखिएको लुगाले ठाँटिएर टीका लगाउन जान्छन् । विजय पर्व

दशैंको उत्सव शक्ति र शक्तिको समन्वय गराउने उत्सव हो । नवरात्रिका नौ दिन जगदम्बाको उपासना गरेर शक्तिशाली बनेको मनुष्य विजय प्राप्तिको लागि तत्पर रहन्छ । यस दृष्टिले दशैं अर्थात विजयको लागि प्रस्थानको उत्सवको उत्सव आवश्यक पनि हुन्छ । हिन्दू संस्कृति प्राचीनकालदेखि नैं वीरता र शौर्यको समर्थक रहेकोछ । प्रत्येक व्यक्ति र समाजको खूनमा वीरताको प्रादुर्भाव होस् भन्ने ध्येयले नैं दशैंको उत्सव मनाइन्छ । यदि कतै युद्ध अनिवार्य नैं भयो भनें शत्रुको आक्रमणको प्रतीक्षा नगरी उमाथि आक्रमण गरेर जीत्नु नैं कुशल राजनीति हो । भगवान रामको समयदेखि नैं यो दिन विजय प्रस्थानको प्रतीक निश्चित भएको भन्ने भनाई छ । भगवान रामले रावणसित युद्ध गर्न यसै दिन प्रस्थान गरेका थिए । मराठा रत्न शिवाजीले पनि औरंगजेबको विरुद्ध यसै दिन प्रस्थान गरेर हिन्दू धर्मको रक्षा गरेका थिए । इतिहासमा अनेक उदाहरण छन् जब हिन्दू राजा यस दिन विजय–प्रस्थान गर्दथे ।

यस पर्वलाई भगवतीको ‘विजया’ नाममाथि पनि ‘विजयादशमी’ भनिएको हो । यस दिन भगवान रामचंद्र चौध वर्षको वनवास भोगेर तथा रावणको वध गरेर अयोध्या पुगे । यस कारण पनि यस पर्वलाई ‘विजयादशमी’ भनिन्छ । यस्तो मानिएको छ कि आश्विन शुक्ल दशमीमा तारा उदय हुने समय ‘विजय’ नामक मुहूर्त हुन्छ । यो काल सर्वकार्य सिद्धिदायक हुन्छ । यसकारण पनि यसलाई विजया दशमी भनिएको हो । यस्तो पनि मानिएको छ कि शत्रुमाथि विजय पाउनका लागि यसै समयमा प्रस्थान गर्नुपर्छ । यस दिन श्रवण नक्षत्रको योग अझ शुभ मानिएकोछ ।

यस दिन दुर्योसधन नेपाण्डवलाई जुवामा पराजित गरेर बाह्र वर्षको वनवासको साथ तेह्रौं वर्षमा अज्ञातवासको शर्त दिएका थिए । तेह्रौं वर्षमा यदि उनीहरूको पत्ता लागे पाण्डवले पुन: वनवास भोग्नु पर्ने थियो । यसै अज्ञातवासमा अर्जुनले आफ्नो धनु एउटा शमी वृक्षमा राखेका थिए तथा स्वयं राजा विराटको दरवारमा नौकरी गरेकाथिए । जब गोरक्षाको लागि विराटका पुत्रले अर्जुनलाई आफ्नो साथ लिए, तब अर्जुनले शमी वृक्षबाट आफ्ना हतियार उठाएर शत्रुमाथि विजय प्राप्त गरेका थिए । विजयादशमीको दिन भगवान रामचंद्रजीले लंकामाथि चढाई गर्न प्रस्थान गर्दा शमी वृक्षले भगवानको विजयको उद्घोष गरेको बताइन्छ । विजयकालमा शमीको पूजा यसै कारण भएको हो ।