पश्चिम बंगालमा नीलडेभिड् सेलून

-- / प्रकाशित मिति : मङ्लबार, कार्तिक २३, २०७३

15007658_10154340942423141_1747997056_o

काठमाडौं— नेपाली सेलिब्रेटी हेयर स्टाइलिष्ट नीलडेभिड कटवालको सेलूनको ब्राण्ड नेम अब भारतमा विक्री हुन थालेका छन् । हालै नेपालका केही शहरसहित भारतका कालिङ्पोङ, झारखण्डआदि शहरमा फ्रेन्चाइज ब्राण्ड सेलून खोलिसकेका नीलडेभिड्सले आफ्नो सेलूनलाई यो साता भारतको पश्चिम बंगालको दुर्गापुरमा समेत विस्तार गरेका छन् । आफ्नो हालसम्मकै ठूलो सेलून कोलकाता नजिकैको शहर दुर्गापुरमा नेपाल तेक्वान्दो संघका सदस्य कासिम मिया तथा नीलडेभिडले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

14875189_10154314958623141_715919742_n

नीलडेभिड ब्राण्ड दुर्गापुरका व्यवसायी बिमल जैनले लिएका हुन् । जैनले करिव २६ सय स्क्वायर फिटमा नीलडेभिड सेलून सञ्चालन गरिएको जनाएका छन् । भारतको चण्डिगढपछिको दोस्रो व्यवस्थित शहरको रुपमा चिनिने दुर्गापुरमा नेपालीहरुको समेत उल्लेख्य संख्यामा बसोबास रहेको बताइन्छ ।

नेपालको ब्राण्डको फ्रान्चाइजी लिएर भारतमा नेपालीलाई स्थापित गराउने नीलडेभिड पहिलो ब्राण्ड बनेका छन् । भारतीय व्यवसायीहरुले लाखौं रुपैया तिरेर नीलडेभिडको सेलूनको शाखा विस्तार गर्न थालेका हुन् । निकट भविष्यमै नीलडेभिडले कोलकोताको डमडममा समेत आफ्नो शाखा विस्तार गर्दैछन् । त्यसअघि उनले भारत तथा भुटानको सीमामा पर्ने जयगाउमा समेत आफ्ना शाखा विस्तार गर्ने क्रममा छन् ।