प्रभासको पारिश्रमिक

-- NTA REP. / प्रकाशित मिति : आइतवार, मंसिर ५, २०७३

prabhasमनोरञ्जन क्षेत्रमा ‘बाहुबली’ उपनामले लोकप्रिय भैसकेका भारतीय अभिनेता प्रभास ३७ वर्षका भए । २३ अक्टोबर १९७९ मा जन्मिएका प्रभासको पूरा नाम प्रभास राजू उप्पलापति हो । तेलुगु भाषाका फिल्ममा स्थापित भएका प्रभास ‘बाहुबली’ फिल्म मार्फत बलिउडमा दर्शकमाझ समेत लोकप्रिय भएका हुन् । सन् २००२ मा निर्माण भएको फिल्म ईश्वरमार्फत करियर प्रारम्भ गरेको प्रभासले हालसम्म छत्रपति, बिल्ला, एक निरञ्जन, डार्लिङ, रिबेल, मिर्ची जस्ता फिल्ममा काम गरिसकेका छन् । प्रभासले बलिउड फिल्म ‘एक्शन ज्याक्सन’ मा अतिथि कलाकारको भूमिका निर्वाह गरेका थिए । बाहुबलिपछि लोकप्रिय भएका यी अभिनेता यतिबेला एउटा चलचित्रमा अभिनय गरेको २० करोड भारु पारिश्रमिक लिन्छन् ।