चेकमा मद्यपान जोखिम
चेक गणतन्त्रका १५ वर्षभन्दा बढी उमेरका झन्डै ६ लाख ४० हजार नागरिक मद्यपानबाट सिर्जित समस्याको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ । उनीहरूमध्ये ५ लाख ४० हजारलाई मदिराले व्यापक असर गरेको २३ नोभेम्बरका दिन सार्वजनिक अध्ययन प्रतिवेदनले औंल्याएको छ । युरोपियन देश चेकको राष्ट्रिय अनुगमन केन्द्रले गरेको अध्ययनअनुसार उनीहरूमध्ये अधिकांश मदिरा र लागुऔषधको लतमा परिसकेका छन् । गत वर्ष लागुऔषध सेवनकर्ताहरूको संख्या ४६ हजार ९ रहेको प्रतिवेदनमा उल्लेख छ । झन्डै १९ प्रतिशत पुरुष र ६ प्रतिशत महिला गरी चेक नागरिकले नियमित रूपमा दैनिक मदिरा पिउने गर्दछन् । यो कुल जनसंख्याको १२.५ प्रतिशत हो । पुरुषहरूले दैनिक कम्तीमा तीन बोतल बियर र महिलाहरूले दुई बोतल पिउने गर्दछन् । ७ प्रतिशत चेक नागरिकले जोखिमयुक्त मदिरा पिउने र ६ प्रतिशतले आफंैलाई हानि गर्ने गरी पिउने गरेको प्रतिवेदनमा उल्लेख छ । मदिराजन्य पदार्थ पिउने मात्र नभई झन्डै २५ प्रतिशत चेक नागरिकले दैनिक धूम्रपान गर्छन् । त्यसमध्ये पुरुष २८ प्रतिशत र महिला १९ प्रतिशत छन् ।
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सोमवार चौथो पटक प्रतिनिधि सभामा...
काठमाडौं– गायक अभिषेक लम्साल, सुरेश मगर तथा गायिका कल्पना मल्लको स्वरको नयाँ...
क्यान्वेरा– अष्ट्रेलियाको राजधानी क्यान्वेरामा आयोजित एक कार्यक्रममा सञ्चारकर्मी प्रदीप तिमल्सीना तथा अभिषेक...
काठमाडौं- संघीय संसदको प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बिहीबार साँझ...
काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ...