दक्षिण कोरियामा नयाँ राष्ट्रपति
कोरिया– कोरियाली युद्धका क्रममा विस्थापित भएर दक्षिण कोरिया आएका उत्तर कोरियाली शरणार्थीका छोरा मून जे इन दक्षिण कोरियाको उन्नाइसौ राष्ट्रपति बन्न सफल भएका छन् । हिजो सम्पन्न राष्ट्रपतिय निर्वाचनमा चालीस दशमलब दुइ प्रतिशत मत प्राप्त गरेर लिबरल डेमोक्रयाटिक पार्टीका उम्मेद्वार मून जे इन नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
निर्वाचित राष्ट्रपति मूनले एक करोड चौध लाख मत अर्थात चालीस दशमलब दुइ प्रतिशत मत प्राप्त गरेको यहाँको निर्वाचन आयोगले जनाएको छ । मत गणना आज बिहान साढे दुइ बजे सम्पन्न भएको थियो । उनका निकतम प्रतिद्वन्द्वि कन्जरभेटिभ लिबर्टी कोरिया पार्टीका उम्मेद्वार होङ जुन फ्याले चौबिस प्रतिशत मत पाएका छन् । यसपाली कुल मतदाताको सतहत्तर दशमलब दुइ प्रतिशत मत खसेको पनि निर्वाचन आयोगले जनाएको छ । जुन दुइ हजार बाह्रमा सम्पन्न निर्वाचनको भन्दा दुइ प्रतिशत बढि हो ।
निर्वाचित राष्ट्रपति मूनले चुनावी नतिजाको औपचारिक घोषणा लगत्तै आजै सपथग्रहण गर्ने कार्यक्रम रहेको पनि आयोगले बताएको छ । चुनावी प्रचारका क्रममा मूनले देशमा बढ्दो भ्रष्टाचार र अनियमिता नियन्त्रण गर्ने प्रतिबद्धता गरेका थिए । भ्रष्टाचारमा लिप्त भएको भन्दै संसद र अदालतले महाअभियोग मार्फत पार्क गुन्ह्येलाई पदमुक्त गरेपछि निर्वाचन केहि महिना अगावै भएको हो ।
मून कामदारप्रति उदार मानिने भएकोले कोरियामा कार्यरत नेपालीले सामाजिक सञ्जाल मार्फत मूनलाई बधाई तथा शुभकामना ब्यक्त गरेका छन् । मूनको नेपाल भ्रमणका क्रममा खिचेको तश्विर पोष्ट गरेर नेपालीले उनलाई बधाई दिइरहेका छन् ।
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सोमवार चौथो पटक प्रतिनिधि सभामा...
काठमाडौं– गायक अभिषेक लम्साल, सुरेश मगर तथा गायिका कल्पना मल्लको स्वरको नयाँ...
क्यान्वेरा– अष्ट्रेलियाको राजधानी क्यान्वेरामा आयोजित एक कार्यक्रममा सञ्चारकर्मी प्रदीप तिमल्सीना तथा अभिषेक...
काठमाडौं- संघीय संसदको प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बिहीबार साँझ...
काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ...