संविधान संसोधन महत्वपूर्ण कदम : भारत

-- / प्रकाशित मिति : सोमवार, मंसिर २०, २०७३

indian-flag

काठमाडौं— संविधानसभाबाट संविधान जारी हुदा मौन रहेको भारतले भरखरै गरिएको संविधान संशोधन विधेयकलाई भने महत्वपूर्ण कदम भनेको छ ।
भारतीय विदेश मन्त्रालयका आधिकारिक प्रवक्ताले हिजो आइतवार प्रेस विज्ञप्ती जारी गर्दै व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई ‘महत्वपूर्ण कदम’ भनेर उल्लेख गरेको छ ।

सरकारले एक साताअघि संसदमा संविधानको दोस्रो संशोधन विधेयक दर्ता गराएको छ । त्यसयता नेकपा (एमाले) को विरोधका कारण संसद अवरुद्ध हुदै आएको छ भने ५ नं. प्रदेशमा विरोध प्रदर्शन हुदै आएको छ ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा सबै क्षेत्रलाई समेट्ने गरी सरकारले चालेकको कदमलाई समर्थन रहेको जनाएको छ । नजिकको छिमेकीको नाताले नेपालको शान्ति, स्थायित्व र विकासमा भारतको सदवै सहयोग रहने विज्ञप्तीमा उल्लेख छ ।