प्रधानमन्त्री केपी ओली आईतबार चीन जाँदै

८ दिने भ्रमणका लागि प्रधानमन्त्री केपी ओली आइतबार उत्तरी छिमेकी चीन प्रस्थान गर्दैछन् । भारततर्फको परनिर्भरता कम गर्ने उद्देश्य भएको ठानिएको उनको भ्रमणले त्यो चिर्न नसक्ने भएपछि यतिबेला भ्रमण एजेन्डाविहीन झैं बनेको छ । यद्यपि उनको चीन भ्रमण तालिका भारत भ्रमणको जस्तै छ ।
जसरी भारतमा उच्चस्तरीय राजनीतिक भ्रमणलगत्तै भूकम्पपछि पुनर्निर्माण गरिएको गुजरातको भुज, विद्युत् र सिँचाइका लागि उदाहरणीय रहेको टेहरी डयामको भ्रमण र उद्यमी तथा बुद्धिजीवीलाई राखेर उनले प्रवचन दिएका थिए, त्यसैगरी चीन भ्रमणमा उनले सिचुवान प्रान्तमा भूकम्प प्रभावित क्षेत्रमा गरिएको पुनर्निर्माण र त्यस आसपासको जलविद्युत् आयोजनाको अवलोकन गर्नुका साथै बेइजिङमा बुद्धिजीवी र व्यापारीलाई छुट्टाछुट्टै प्रवचन दिनेछन् । ‘उनको यो भ्रमण तालिका भारत भ्रमण हेरेरै बनाएको जस्तो देखिन्छ,’ परराष्ट्रका एक अधिकारीले भने ।
प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन् । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल उनको भ्रमण टोलीमा रहेका छन् । यसअलावा प्रधानमन्त्री-पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, सरकारमा सामेल र प्रमुख प्रतिपक्ष दलका सांसदसमेत भ्रमण दलमा छन् ।यसअघि २० भन्दा बढीसम्मलाई आफ्नो खर्च बेहोर्ने चीनले अहिले ११ जनालाई मात्र सरकारी खर्चमा बोलाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङसँग समेत भेटवार्ता गर्नेछन् । उनी गएको भोलिपल्ट नै समकक्षी लीसँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ । स्रोतका अनुसार कतिपय व्यक्तिहरू चीन घुम्नकै लागि मात्र भए पनि टोलीमा सामेल छन् । सरकारी व्यक्ति पनि आवश्यकभन्दा बढी रहेको प्रधानमन्त्री कार्यालयका अधिकारीले बताए । प्रधानमन्त्रीको औपचारिक टोलीको सदस्य संख्या ५६ पुगेको छ भने व्यापारी र निजी क्षेत्रका व्यक्ति पनि यसमा थपिनेछन् । यस पटक चीनले नेपाली आतिथ्यमा समेत कम गरेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...