स्थापना दिवसमा ओली र प्रचण्डको यस्तो बोली

काठमाडौं– नेकपा माओवादी तथा नेकपा एमालेबीच आज वैशाख ९ गते हुने भनिएको पार्टी एकता प्राविधिक कारणवश धकेलिएको दुबै दलका शीर्ष नेताले स्पष्ट पारेका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले र माओवादीले संयुक्त रुपमा गरेको कार्यक्रममा प्रचण्डले आफूहरु पार्टी एकता घोषणा नजिक रहेको बताउनु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भन्नु भयो–‘पार्टी एकताका लागि अन्तिम तयारी भइरहेको छ, तर एकता घोषण गर्न भने केही ढिलाइ पक्कै भएको हो । पार्टी एकतापछि हामीले दह्रो नेतृत्व बनाउन लाग्दा लाग्दै हामी ढिला गर्यौं । कम्युनिस्ट आन्दोलन विश्वव्यापी हो, चीन र सोभियत संघ पनि कम्युनिस्ट विचारधाराबाट प्रभावित भएको मुलुक हो ।’
‘दुवै ऐतिहासिक लडाइँ लडेका पार्टी हौं हामी । जनयुद्धबाट शान्तितर्फ धकेल्न एमाले र नेकपा माओवादी बारबार वार्ता गर्यौं । यदि लामो वार्ता हुन्थेन भने १२ बुँदे सम्झौता कार्यान्वानमा ल्याउन सकिँदैनथ्यो । अब हामीले देशलाई राजनीतिक अस्थिरता र निरंकुशतामुक्त गर्न छिट्टै पार्टी एकता घोषणा गर्दै छौं ।’ प्रचण्डको भनाइ छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल समृद्ध, समतामूलक समाज निर्माणको अन्तिम चरणमा रहेको बताउनु भयो । कम्युनिष्ट स्थापना दिवशको अवसरमा काठमाडौंको सभागृहमा बोल्दै ओलीले पार्टी एकताको विकल्प नभएको बताउनु भएको हो । राष्ट्र निर्माणका संकल्पहरु पुरा गर्दै आफ्नो उचाइमा पुगेको नेपालको कम्युनिष्ट आन्दोलनलाई सार्थकता दिन पार्टी एकता मुख्य आधार भएको उहाँको भनाई रहेको छ ।
विश्व्मा कम्युनिष्ट आन्दोलन ध्वस्त भएको हल्ला चलिरहेका बेला आफ्नो सिद्धान्तमा अडिक भएर नेपालजस्तो मुलूकमा यो आन्दोलन सफल भएको आजको दिन हेर्न रहेको ओलीले बताउनु भयो ।
नेपालमा कम्युनिष्ट पार्टीको स्थापना हुँदा आधारभुत मुल्यमान्यताका आधारहरु प्रस्तुत गरिएको स्मरण गर्दै ओलीले समाजलाई सम्मुनत ढंगले अगाडी बढाउने, तानाशाही तन्त्रको अन्त्य गर्ने, लोकतन्त्रको स्ंस्थागत गर्ने, देशलाई समृद्धिको बाटोमा लैजाने बिषयलाई समेटिएको उल्लेख गर्नुभयो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...