चेन्नई सुपर किङ्सलाई आईपिएल उपाधि

मुम्बई– चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग आइपिएलको उपाधि जितेको छ । सनराइजर्स हैदराबादलाई आइतबार राती अबेर ८ विकेटले हराउँदै चेन्नई च्याम्पियन बनेको हो ।
१ सय ७९ रनको लक्ष्य पछ्याएको चेन्नईले अष्ट्रेलियाका ब्याट्सम्यान सेन वाट्सनको अविजित शतकसँगै चेन्नाईले १८ दशमल ३ ओभरमा २ विकेट गुमाएर १ सय ८२ रन जोडेको थियो । वाट्सन र सुरेश रैनाले दोस्रो विकेटका लागि १ सय १७ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए ।
वाट्सनले ५७ बल खेल्दै ११ चौका र ८ छक्काको मद्दतमा १ सय १७ रनको महत्वपूर्ण योगदान दिएका थिए । यो सिजन वाट्सनको यो दोस्रो शतक हो । रैनाले ३४ बलमा ३ चौका र १ छक्कासहित ३२ रन जोडे । अम्बाटी रायडु १६ रनमा अविजित रहँदा अर्का ओपनर फा डु प्लिसिसले १० रन बनाए । हैदराबादका लागि सन्दीप शर्मा र कालोर्सस बर्थवाइटले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले नियमित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको छ । ओपनर श्रीवत्स गोस्वामी ५ रनमै आउट भए पनि अनुभवी ब्याट्सम्यानद्वय शिखर धवन २६ रन तथा केन विलियमसन ४७ रनले पारी सम्हालेका थिए ।
विलियमसनले आफ्नो ३६ बलको पारीमा दुई छक्का र पाँच चौका प्रहार गरेका थिए । मिडल अर्डरमा शकिब अल हसनले १५ बलमा २३ रन बनाए । अन्त्यमा युसुफ पठानले २५ बलमा ४५ रन बनाउँदै हैदराबादलाई प्रतिस्पर्धात्मक लक्ष्यतर्फ र्पुयाए ।
कार्लोस ब्रेथवेटले ११ बलमा छ रन जोडे भने दिपक हुडा ३ रनमा आउट भएका थिए । चेन्नाईका लागि लुङी एन्गिडीले किफायती बलिङ गर्दै १ विकेट लिए भने कर्न शर्मा, ड्वेन ब्राभो र रविन्द्र जडेजाले पनि समान १ विकेट लिए ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...