क्यानडाको लिगमा सन्दीप लामिछाने

काठमाडौं– नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को सफलता हासिल ष्र्दै क्यानडाको ग्लोबल टी-२० क्यानडा लिग खेल्ने भएका छन् । आइपीएलपछि विश्व-११ बाट खेलेका सन्दीप हिजो आइतबार उक्त लिगका लागि छनौट भएका हुन् ।
सन्दीपलाई लिगको मोन्ट्रेल टाइगर्स टोलीले छैटौं चरणमा खरिद गरेको प्रतियोगिताको अफिसियल ट्विटर एकाउन्टमा जनाइएको छ। पहिलो संस्करण आयोजना हुन लागेको प्रतियोगिता जुन २८ देखि जुलाइ १५ तारिख सम्म चल्नेछ ।
६ टोलीको सहभागिता रहेको प्रतियोगिता टोरन्टो स्थित माप्ले लिफ क्रिकेट क्लबको मैदानमा खेलिनेछ । प्रतियोगिताको मार्की प्लेयरका रुपमा शाहिद अफ्रिदी, डुवेन ब्रावो, क्रिस गेल, लसिथ मलिंगा, क्रिस लेन, सुनिल नारायण, डेभिड मिलर, लसिथ मलिंगा, अन्ड्रे रसेल, डरेन सामी, स्टिभ स्मिथ रहेका छन् ।
ड्राफ्टका लागि १६ सय खेलाडीहरुले नाम दर्ता गराएको थिए । ती मध्येबाट सन्दीप श्रीलंकाका लसिथ मलिंगा, तिसरा परेरा, वेष्ट इन्डिजका सुनिल नारायण, पाकिस्तानका मोहम्मद हफिज, जिम्बावेका सिकन्दर राजा आदि भएको टोली मोन्ट्रेल टाइगर्समा छनोट भएका हुन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...