एनआरएन क्षेत्रिय सम्मेलन अगष्ट २६ र २७ मा अमेरिकामा हुने
अमेरिका, गैरआवासिय नेपाली संघको विश्वभरीका क्षेत्रिय समितिहरुको विश्वसम्मेलन अगष्टको २६ र २७ मा अमेरिकामा हुने भएको छ । काठमाडौंमा सम्पन्न गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले क्यानडामा क्षेत्रिय सम्मेलन गर्ने निर्णय गरे पनि यतिखेर त्यो बैठक अमेरिकामा गर्ने गरी तयारी भएको हो । गएको अक्टोवरमा काठमाडौंमा सम्पन्न विश्व सम्मेलनपछि सम्पन्न पहिलो ७१ वटा देशका आईसिसि सदस्यहरुसमेत सहभागी केन्द्रिय समिति बैठकले क्षेत्रिय सम्मेलन क्यानडामा गर्ने औपाचरिक निर्णण गरेको थियो ।
एनआरएन क्यानडाको कार्यसमितिका सदस्य तुला भट्चनका अनुसार कार्यकारी समितिमा छलफल नै नभैकन हामीले पाएको महत्वपुर्ण अवसर अरुलाई मौखिक रुपमा सुम्पिनु नेतृत्वको गैरजिम्मेवारपन भएको नागरिक न्युजलाई बताए । उनले केहि दिनभित्रै कार्यसमिति बैठक बसेर क्यानडामा नै सम्मेलन गर्ने गरी निर्णय गर्न पहल गर्ने बताए ।
गैरआवासिय नेपाली संघ अमेरिका क्षेत्रका क्षेत्रिय सहसंयोजक एसी शेर्पाका अनुसार शेष घले दोश्रोपटक अध्यक्षमा निर्वाचित भएपछिको काठमाडौंमा बसेको पहिलो बैठकले क्यानडामा क्षेत्रिय सम्मेलन गर्ने निर्णय भएको स्वीकार गरे । संस्थाको पहिलो बैठकबाटै भएका निर्णय अनुसार क्षेत्रिय सम्मेलन क्यानडाले नै गर्नु पर्नेमा क्यानडाका एनआरएन अध्यक्ष तुलसी सापकोटाले क्षेत्रिय सम्मेलन क्यानडामा गर्न नसकिने जानकारी दिंदै सहसंयोजक शेर्पाले भने के कारण यस्तो भएको हो थाहा भएन, तर अध्यक्ष सापकोटाले लिखित रुपमा नै अमेरिकालाई सम्मेलन गर्न भनेका छन । क्यानडाले चाहेको खण्डमा अभैm क्षेत्रिय सम्मेलन गर्ने हकदावी क्यानडा एनआरएन कै हुने शेर्पाको भनाई छ । एकपटक क्षेत्रिय सम्मेलन गरिसकेको अमेरिकामा पनि कुन राज्यमा गर्ने भन्ने बारेमा केही विवाद रहेको छ । अगष्टमा गर्नेगरी मिति तोकिए पनि स्थानको बारेमा क्यालिफोनिया वा न्यूर्योक कहाँ गर्ने निश्चित भएको छैन । एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले क्यानडामा गर्ने गरी निर्णय भएपनि सबै कुराको वस्तुगत अवस्था अध्ययन गर्दा त्यहाँ भन्दा अमेरिकामा नै सजिलो हुने निष्कर्ष निकाल्दै क्यानडाले अमेरिकालाई गर्न जिम्मेवारी दिएको बताए । अमेरिकामा यस अघि नै भैसकेकाले तत्कालिन अवस्थामा निर्णय गर्न नमिल्ने भएकोले क्यानडा भनिए पनि क्षेत्रिय संयोजक, सहसंयोजक र दुवै देशका अध्यक्ष सहभागी बैठकमा सो निर्णय भएको अध्यक्ष डा पौडेलको भनाई छ । उता एनआरएन क्यानडाका अध्यक्ष तुलसी सापकोटाले पहिले क्यानडामा हुने कुनै पनि निर्णय नभएको भन्दै अमेरिकामा नै क्षेत्रिय सम्मेलन हुने बताए । सन् २०१० मा अमेरिकाको ह्युस्टनमा क्षेत्रिय सम्मेलन भईसकेको छ भने क्यानडामा हासम्म भएको छैन ।
हरेक दुई बर्षमा गरिने क्षेत्रिय सम्मेलन ६ वटा क्षेत्रमा गर्दा १२ बर्षमा एक पटक सम्बन्धित क्षेत्रको पालो आउने हुनाले हरेक एनसीसीले त्यसलाई काम गर्ने अवसरका रुपमा लिन्छन ।
क्यानडामा रहेका हामी नेपालीको समुदाय ठूलो नभए पनि क्षेत्रिय सम्मेलन गर्न क्यानडा सक्षम भएको कार्यकारी सदस्य भट्चनले दावी छ । उनले भने यसबारेमा कार्यसमितिको बैठक डाकेर टुंगो लगाईने छ । सो क्षेत्रिय सम्मेलनमा विश्वका ६ वटै क्षेत्रका क्षेत्रिय संयोजक, सहसंयोजक, आईसिसि सदस्यहरु, अन्तर्राष्टिय समन्वय परिषदका पदाधिकारीहरु, सल्लाहकारहरु, समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहने छ ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...