पहिलो वन डे क्रिकेटमा हार्यो नेपाल

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक मान्यता पाएको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेदरल्याण्ड्ससँग ५६ रनले पराजित भएको छ ।
नेदरल्याण्ड्सको एमस्टलभिनस्थित भीआर क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेदरल्याण्ड्सले नेपाललाई १९० रनको लक्ष्य दिएको थियो ।
लक्ष्य पछ्याउने क्रममा नेपाल ४१।५ ओभरमा १३४ रन बनाएर अलआउट हुन पुग्यो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ५१ रन बनाए । त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ३३, अनिल साहले २१ र पारस खड्काले १२ रन बनाए । शरद भेषवाकरले ४, सन्दीप लामिछानेले १ रन बनाएका थिए । ९ रन बनाएका शक्ति गौचन नटआउट रहे ।
त्यसैगरी पहिलो बलिङ गरेको नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ४ विकेट लिए भने सोमपाल कामीले ३, सन्दीप लामिछाने, करण केसी र वसन्त रेग्मीले एक एक विकेट लिए ।
पहिलोपटक अन्तर्राष्ट्रिय एक दिवसीय खेलेको नेपालले नेदरल्याण्ड्ससँग अर्को खेल अगष्ट ३ अर्थात भोलि शुक्रवार खेल्ने छ ।
नेदरल्यान्ड्स सन् २०१४ पछि पहिलोपटक वान९डे खेल्दैछ। पछिल्लोपटक नेपाल र नेदरल्यान्ड्सले मार्चमा जिम्बावेमा भएको विश्वकप छनोटमा खेलेका थिए। उक्त खेलमा नेदरल्यान्ड्स ४५ रनले विजयी भएको थियो।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...