पहिलो वन डे क्रिकेटमा हार्यो नेपाल

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक मान्यता पाएको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेदरल्याण्ड्ससँग ५६ रनले पराजित भएको छ ।
नेदरल्याण्ड्सको एमस्टलभिनस्थित भीआर क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेदरल्याण्ड्सले नेपाललाई १९० रनको लक्ष्य दिएको थियो ।
लक्ष्य पछ्याउने क्रममा नेपाल ४१।५ ओभरमा १३४ रन बनाएर अलआउट हुन पुग्यो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ५१ रन बनाए । त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ३३, अनिल साहले २१ र पारस खड्काले १२ रन बनाए । शरद भेषवाकरले ४, सन्दीप लामिछानेले १ रन बनाएका थिए । ९ रन बनाएका शक्ति गौचन नटआउट रहे ।
त्यसैगरी पहिलो बलिङ गरेको नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ४ विकेट लिए भने सोमपाल कामीले ३, सन्दीप लामिछाने, करण केसी र वसन्त रेग्मीले एक एक विकेट लिए ।
पहिलोपटक अन्तर्राष्ट्रिय एक दिवसीय खेलेको नेपालले नेदरल्याण्ड्ससँग अर्को खेल अगष्ट ३ अर्थात भोलि शुक्रवार खेल्ने छ ।
नेदरल्यान्ड्स सन् २०१४ पछि पहिलोपटक वान९डे खेल्दैछ। पछिल्लोपटक नेपाल र नेदरल्यान्ड्सले मार्चमा जिम्बावेमा भएको विश्वकप छनोटमा खेलेका थिए। उक्त खेलमा नेदरल्यान्ड्स ४५ रनले विजयी भएको थियो।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...