एक रनले विजयी हुँदै नेपालले रच्यो इतिहास

नेदरल्याण्डस्सँगको शुक्रवार सम्पन्न दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले घरेलु टोलीलाई १ रनले हराएको छ । यो सँगै दुई एक दिवसीय शृंखला १-१ को बराबरीमा टुंगिएको छ । नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डस निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै द्द सय १५ रन मात्र बनाउन सक्यो।
उसका लागि वेस्ली वारेसीले सर्वाधिक ७१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन नेदरल्याण्डस्लाई रोक्न नेपालका सन्दिप लामिछानेले ३ विकेट लिँदा ललित भण्डारीले २ विकेट लिएका थिए । कप्तान पारस खड्का, सोमपाल कामी, बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।
अन्तिम ओभरमा ६ रन चाहिएको अवस्थामा कप्तान पारस खड्काले मात्र ४ रन दिएर एक विकेट लिएपछि नेपालको रोमाञ्चक जित सम्भव भएको हो। पारसले अन्तिम ओभरको अन्तिम बलमा फ्रेड क्लासेनलाई रनआउट गर्दै ऐतिहासिक जित दिलाएका हुन्। नेपालको यो पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय जित हो।
यसअघि नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धसतकीय पारी खेलेपछि निर्धारित ५० ओभरको खेलमा ४८।५ ओभरमा अलआउट हुँदै २१६ रन बनाएको थियो।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५१ रनको पारी खेलेका थिए। नेपाली खेलाडीमध्ये सबैभन्दा धेरै रन बनाएका कामीले ४६ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे। कप्तान पारस खड्काले पनि अर्धसतक पुरा गरे। पहिलो पटक एक दिवसीय अर्धसतक प्रहार गर्ने क्रममा खड्काले ६९ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे।
दीपेन्द्र सिंह ऐरी र सुवास खकुरेलले समान १९ रन बनाउँदा अनिल साह ४ र रोहित कुमार पौडेल ६ रनमा आउट भए। बसन्त रेग्मीलाई १ रनमा गुमाएको नेपालका लागि सन्दिप लामिछानेले ८ रन बनाएर आउट भए भने ललित भण्डारीले ४ रनमा अभिजित रहे । नेदरल्याण्डस्का लागि कालासेनले ३ तथा रिपोन र सिलारले २-२ विकेट लिए।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...