रहेनन् कोफी अन्नान

काठमाडौं– संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन भएको छ । स्विट्जरल्याण्डको बर्नमा ८० वर्षको उमेरमा अन्नानको निधन भएको हो । उनको जन्म सन् १९३८ अप्रिल ८ मा घानाको कुमासी गाउँमा भएको थियो ।
उनी राष्ट्रसंघको सातौं महासचिव हुन् । अन्नानले सन् १९९७ जनवरीदेखि २००६ डिसेम्बरसम्म राष्ट्रसंघको नेतृत्व गरेका थिए । अन्नान मार्च २००१ मा नेपाल आएका थिए । नेपाल भ्रमणको क्रममा अन्नानले स्वर्गीय राजा वीरेन्द्रसँग भेटवार्ता गरेका थिए । उक्त समयमा नेपालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र चक्र बाँस्तोला परराष्ट्रमन्त्री थिए ।
नेपालको १० वर्ष द्वन्द्व र उनको राष्ट्रसंघको कार्यकाल लगभग एकै समय परेको थियो ।
अन्नानले शान्ति प्रक्रिया शुरु गर्नका लागि ‘ल्याक्डर ब्राहिमी’ लाई समेत नेपाल पठाएका थिए । अन्नानकै कार्यकालमा नेपालमा संयुक्त राष्ट्रसंघ शरणार्थी उच्च आयोग ९यूएनएचसीआर० को कार्यालय स्थापना भएको हो । उनी रोहिंग्या समस्या समाधानको लागि गठन गरिएको आयोगको अध्यक्ष समेत हुन् ।
समाज सेवाका लागि उनले ‘कोफी अन्नान फाउन्डेशन’ समेत गठन गरेका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...