रहेनन् कोफी अन्नान

काठमाडौं– संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन भएको छ । स्विट्जरल्याण्डको बर्नमा ८० वर्षको उमेरमा अन्नानको निधन भएको हो । उनको जन्म सन् १९३८ अप्रिल ८ मा घानाको कुमासी गाउँमा भएको थियो ।
उनी राष्ट्रसंघको सातौं महासचिव हुन् । अन्नानले सन् १९९७ जनवरीदेखि २००६ डिसेम्बरसम्म राष्ट्रसंघको नेतृत्व गरेका थिए । अन्नान मार्च २००१ मा नेपाल आएका थिए । नेपाल भ्रमणको क्रममा अन्नानले स्वर्गीय राजा वीरेन्द्रसँग भेटवार्ता गरेका थिए । उक्त समयमा नेपालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र चक्र बाँस्तोला परराष्ट्रमन्त्री थिए ।
नेपालको १० वर्ष द्वन्द्व र उनको राष्ट्रसंघको कार्यकाल लगभग एकै समय परेको थियो ।
अन्नानले शान्ति प्रक्रिया शुरु गर्नका लागि ‘ल्याक्डर ब्राहिमी’ लाई समेत नेपाल पठाएका थिए । अन्नानकै कार्यकालमा नेपालमा संयुक्त राष्ट्रसंघ शरणार्थी उच्च आयोग ९यूएनएचसीआर० को कार्यालय स्थापना भएको हो । उनी रोहिंग्या समस्या समाधानको लागि गठन गरिएको आयोगको अध्यक्ष समेत हुन् ।
समाज सेवाका लागि उनले ‘कोफी अन्नान फाउन्डेशन’ समेत गठन गरेका छन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...