भारत धेरै उत्ताउलो भयोः गगन थापा

गोरखाः नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप आवश्यक नभएको बताएका छन् ।
असन्तुष्ट मधेसी, थारुलगायत समुदायलाई संविधान संशोधन गरेर हक, अधिकार दिइने भन्दै थापाले छिमेकीको उत्ताउलोपन आवश्यक नभएको टिप्पणी गरे । थापाले भने, ‘मधेस र थारु समुदायका समस्या संविधान संशोधन गरेर पूरा हुन्छन् । आन्तरिक विषयमा छिमेकीले उत्ताउलो बन्नुपर्ने आवश्यकता छैन ।’
नेपाल स्वास्थ्यकर्मी सङ्घ गोरखाले छेवेटारमा शनिबार गरेको शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘हामी हाम्रो घर मिलाउन सक्षम छौँ । छिमेकीले उत्ताउलोपना देखाउनुपर्दैन ।’ जारी भएको संविधान कार्यान्वयन काँग्रेसको प्रमुख प्राथमिकता रहेको उनले बताए ।
‘संविधानप्रति असन्तुष्टि र आक्रोश देखिएको छ । मधेसी, थारुलगायत समुदायलाई चित्त बुझाएर मात्रै हामी अघि बढ्छौँ’ थापाले भने ।
काँग्रेस सरकारमा जान हतार नगर्ने भन्दै उनले संविधानको कार्यान्वयन गर्दै आउँदो २०७४ माघ ७ भित्र स्थानीय, प्रान्त र केन्द्रको निर्वाचन गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
विप्रेषणले मुलुक धानिएको भन्दै उनले जनताको आर्थिक स्तर परिवर्तन हुने गरी देशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।
‘भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीले देशको अर्थतन्त्र डामाडोल भयो’, उनले भने, ‘जनताको जिन्दगी परिवर्तन गर्नुपर्छ ।’ रासस

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...