चीनमा बन्यो विश्वकै लामो समुद्रपार पुल
काठमाडौं– चीनले समुद्रमा विश्वकै लामो पुल निर्माण गरेको छ । हङकङ, झुहाई–मकाउ नामक यस पुलको लम्बाइ ५५ किलोमिटर छ । चिनियाँ राष्ट्रपति शी जिनपिङले मंगलबार उद्घाटन गर्दै पुललाई बुधबारबाट सर्वसाधारणका लागि खुला गरिने भएको छ ।
बुधबार उद्घाटन भएपछि सर्वसाधारणका लागि पुलबाट यात्रा गर्न खुला गरिने छ। हङकङका बस व्यवसायीहरूले यो पुल हुँदै हङकङ–मकाउ–चुहाईका लागि दैनिक ४०० ट्रीप सम्म सेवा दिन सकिने बताएका छन्। साथै १७५ हङकङ डलर पुल शुल्क तिरेपछि नीजि सवारी साधनबाट यात्रा गर्न सकिने छ । हङकङको यातायात विभागले सन् २०३० सम्ममा प्रतिदिन २९००० सवारी साधन यो पुलबाट गुड्ने बताएको छ ।
पुल बन्नु भन्दा अगाडी हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट झुझाई पुग्न करिब चार घण्टा यात्रा गर्नुपर्ने थियो, तर अब यो पुलले चार घण्टाको दुरीलाई केबल ४५ मिनेटमा छोट्टाइदिएको छ । यस पुलबाट हरेक दिन करिब ४० हजार गाडी आवत–जावत गर्ने अनुमान गरिएको छ । पुल निर्माण गर्न १२० अर्ब युआन खर्च भएको बताइएको छ । यस परियोजनाको कन्सेप्ट सन् २००३ मा आएको थियो, तर सन् २००९ मा निर्माण शुरु गरिएको थियो । यसबाट चीनको आर्थिक विकासमा पनि मद्दत पुग्ने अनुमान लगाउन सकिन्छ ।
चीनको सरकारी अखबार साउथ चाइना मोर्निङ पोस्टका अनुसार यस पुलमा चार लाख टनभन्दा बढी उच्च गुणस्तरको स्टिल प्रयोग गरिएको छ । यसले ८ रेक्टर स्केलको भूकम्पलाई थेग्न सक्छ । इन्जिनियरहरुका अनुसार यो पुलको आयु १२० वर्षभन्दा बढी छ ।
पुल निर्माणको क्रममा यसको एउटा हिस्सा हङकङको व्यस्त एयरपोर्ट भएको मार्गसँग पनि जोडिएको थियो । यसैलाई ध्यानमा राखेर इन्जिनियर र कामदारहरुले पुलको करिब ६ दशमलव ७ किलोमिटर लामो हिस्सामा ३०४० मिटरभित्र गहिराइमा रहेर पिलर हाल्लने काम गरेको बताइएको छ ।
हङकङ र मकाउ चीनका दुई अलग स्वायत्त क्षेत्र हुन् । चीनले यस पुलमार्फत् हङकङ र मकाउमा आफ्नो नियन्त्रणको राजनीतिक सन्देश दिएको आलोचकहरुले बताउने गरेका छन् ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...