संविधान विपरितका कार्य अस्वीकार्यः एनआरएनए अष्टेलिया

सिड्नी । एनआरएनए अष्टे«लियाले नेपालको संविधानको भावना विपरित हुने कुनै पनि कार्य स्वीकार्य नहुने स्पष्ट पारेको छ । २४ नोभेम्बरमा सिड्नीको डार्लिङ हार्वरमा सम्पन्न नेपाल फेस्टिभलमा एक नेपाली कलाकारले प्रस्तुतीका क्रममा राजा र राजसंस्थाको बयान गरिएको ‘जहाँ राजा–रानी हुन्छ…’ भन्ने स्वदेशगान गाएपछि सामाजिक सञ्जाल देखि विभिन्न स्थानमा कलाकारकार र आयोजक प्रति नकरात्मक टिकाटिप्प्णी हुदै आएको छ ।

आयोजक एनआरएनएले मंगलबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै देशको संविधानले राजतन्त्र उन्मुलन गरिसकेको अवस्थामा नयाँ संविधानले परिकल्पना गरेको भावनालाई पूर्ण समर्थन गर्ने जनाएको हो । एनआरएनएका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक नन्द गूरुङद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कार्यक्रमको दौरानमा प्रस्तुत भएको साँस्कृतिक कार्यक्रममा एक जना कलाकारको प्रस्तुतीले धेरै नेपालीको भावना विपरित भएको जनगुनासो आएकोमा हामी दुखी छौँ । संघको आयोजनामा हुने कुनैपनि कार्यक्रममा नेपाल सरकार, नेपाली र संविधानको भावना विपरित कुनै कार्य हुन नदिने कुरामा हामी प्रतिवद्ध रहेको निवेदन गर्न चाहान्छौँ ।’
आम नेपालीहरुको भावनामा ठेस पु¥याउने उद्देश्य न कलाकार र न त आयोजक नै भएको भन्दै विज्ञप्तिमा क्षमायाचना गरिएको छ । ऐतिहासिक रुपमा सम्पन्न फेस्टिभललाई सहयोग गर्ने सबै पक्षलाई आयोजकले धन्यबाद समेत दिएको छ । यसैबीच, एनआरएनए अष्टे«लियाले एनआरएनएका राष्ट्रिय परिषद् अध्यक्ष भवन भट्टलाई परेको पितृशोक प्रति समवेदना प्रकट गरेको छ । अध्यक्ष भट्टका पिता यदु भट्टको ७५ बर्षको उमेरमा नोभेम्बर २५ मा निधन भएको थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...