राजदूत शेर्पा भन्छिन्–‘म बेकसुर छु’

काठमाडौँ – ‘मानव तस्करीमा सहयोगी’ बनेको जस्तो गम्भिर आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि सरकारले छानबिन सुरु गरेको छ। मुलुकको प्रतिनिधित्व गर्दै सम्बन्ध–सेतु बनेकी राजदूत आफैँ विवादमा परेकी छन्। यसबाट द्विपक्षीय सम्बन्ध असहज बन्ने आशंका पैदा भएको छ। शेर्पामाथि परराष्ट्र मन्त्रालयले छानबिन थालेको छ। ‘राजदूतमाथि गम्भीर आरोप लागेकाले सत्य–तथ्य खोजी भइरहेको छ,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘हामीले मिहीन रुपमा अध्ययन गरेर यथार्थ बाहिर ल्याउछौं। आरोप पुष्टि भए आवश्यक कारबाही गर्छाँै।’
छानबिनको निष्कर्ष आएपछि मात्रै यसबारे सरकार बोल्ने उनले बताए। ‘सबै कोणबाट छानबिन हुँदैछ। एकतर्फी मात्र होइन, आरोपित र आरोप लगाउने दुवैबारे अनुसन्धान भइरहेको छ,’ ज्ञवालीले भने, ‘छिट्टै टुंगोमा पुग्छौँ।’ यसबारेमा प्रमुख प्रतिपक्षी दलले सरकारसँग जवाफ मागेको छ। कांग्रेसले बुधबार विज्ञप्ति नै जारी गरेर राजदूत शेर्पाको सम्बन्धमा प्रकाशित समाचारबारे सरकारको धारणा माग गरेको थियो । राजदूत शेर्पालाई उनकै सहयोगी वाङ्छु शेर्पाले मानव तस्करीको आरोप लगाएका हुन्। वाङ्छु राजदूतकै सवारी चालक थिए। राजदूतले पैसा लिएर मान्छे लैजाने धन्दा चलाएको आरोप उनको छ। उनले राजदूत र उनका पतिले अमेरिका पठाइदिने भन्दै आफूसँग २२ लाख रकम लिएको बताएका छन्। अमेरिकाको भिसा नलागेपछि राजदूत दम्पतीले थप १० लाख रुपैयाँ लिएर अष्ट्रेलिया लगेको आरोप उनले लगाएका हुन्।
अस्ट्रेलियास्थित नेपाली दूतावासले भने वाङ्छुमाथि नै गतवर्ष कारवाही प्रक्रिया अघि बढाएको थियो। दूतावासले २०७४ मंसिर ११ मा परराष्ट्रलाई पत्राचार गरेर कारवाही माग गरेको थियो। कन्सुलर विभागले अस्ट्रेलिया प्रहरीलाई पनि कारबाहीको लागि पत्र पठाएको थियो । राजदूत शेर्पाले चाहिँ आफू बेकसुर भएको दाबी गरेकी छन्। ‘मैले यसबारेमा सम्बन्धित निकायलाई स्पष्ट पारिसकेको छु,’ उनले अन्नपूर्णसँग टेलिफोनमा भनिन्, ‘मुलुकलाई आँच पुग्ने कुनै काम गरेको छैन। मसँग भन्दा पनि कन्सुलर विभागमा रहेका राजेन्द्र पाण्डेसँग वाङ्छुबारे बुझ्नुहोला।’ अन्नपूर्ण पोष्टबाट

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...