भोलीदेखि हङकङमा एनआरएनए क्षेत्रीय सम्मेलन, तयारी पूरा

सिड्नी– गैरआवासीय नेपाली संघ (एनआरएनए)को एसिया प्यासेफिक सम्मेलन भोली देखि हङकङमा सुरु हुदैछ । दुईदिन चल्ने सम्मेलनले एनआरएनएको क्षेत्रीय क्रियाकलाप, भावी योजना र रणनीतिबारे गहन छलफल हुने बताईएको छ । सम्मेलनका लागि सबै तयारी पूरा भएको सम्मेलन तयारी समिति सदस्य सचिव एवं एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ (टिका )ले जानकारी दिइन् ।सम्मेलनको लागि एसियाका विभिन्न मुलुकबाट प्रतिनिधीहरु हङकङ ओर्लिसकेका छन् ।
सम्मेलनको लागि एनआरएन एसिया प्याशेफिक संयोजक किरण थापा, एनआरएन प्रवक्ता भुषणा घिमिरे, एनआरएन ओसनीया क्षेत्रका क्षेत्रीय संयोजक धर्मराज अधिकारी यहाँँ आइसक्नु भएको छ भने क्षेत्रीयस्तरबाट प्रतिनिधिहरु पनि हङकङ पुगीसकेको उनको भनाइ छ । ‘करिब तीन सयभन्दा बढी एनआरएनहरु सहभागिता हुने अनुमान गरेका छौँ, यसले एनआरएनएको आन्दोलनलाई थप उचाइमा पु¥याउनेछ’, उनले भनिन् । सम्मेलनमा एसियका साथै विश्वभर रहेका एनआरएनएका समस्या पहिचान, समाधानका उपाय, नेपालमा पर्यटन प्रबद्र्धनमा गर्न सकिने योगदान र संस्थाको आन्तरिक व्यवस्थापनका विषयमा तयार भएका प्रतिवेदनहरु माथि छलफल हुने कार्यक्रम छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...