एनआरएनए एसिया क्षेत्रीय सम्मेलन सुरु

सिड्नी– हङकङमा गैर–आवासीय नेपाली संघ (एनआरएनए) को छैठौँ एसिया क्षेत्रीय सम्मेलन आइतबार सुरु भएको छ । गैरआवासीय नेपालीको समस्या, समाधानका लागि भइरहेका प्रयासलाई थप प्रभावकारी बनाउनुका साथै नेपालमा पर्यटन प्रबद्र्धनको क्षेत्रमा पु¥याउन सकिने उपायका विषयमा बृहत् छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । सोही अवसरमा एनआरएनएको प्रथम महिला सम्मेलन हङकङ सूरु भएको छ । कार्यक्रम सुरु हुनपूर्व नेपाल पहिरनमा सजिएर कलासँस्कृति र झाकी निकालिएको थियो । सम्मेलनको उद्घाटन गर्दै कृषिमन्त्री चक्रप्राणी खनालले एनआरएनएले उठाउँदै आएको समस्याहरु प्रति सरकार गम्भिर रहेको बताए । सरकारले सन् २०२० लाई भ्रमण बर्षका रुपमा मनाउन लागेको भन्दै उनले त्यसलाई सफल बनाउन विश्वभरका नेपालीहरुको महत्वपूर्ण भूमिका रहने जानकारी दिए ।

कार्यक्रममा एनआरएनएका राष्ट्रिय कार्यकारी अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष उपेन्द्र महतो, निर्वतमान अध्यक्ष शेष घले लगायतले एनआरएनएनका आन्दोलन, देशमा भित्रिएका लगानीका बारेमा धारणा व्यक्त गरेका थिए । हङकङमा उपस्थित भएका एनआरएनएका प्रतिनिधीहरुलाई सम्मेलन आयोजक समितिकी सदस्य सचिब राधिका गुरुङले स्वागत गरेकी थिइन् । सम्मेलनमा एनआरएन आइसिसीका उपाध्यक्ष कुमार पन्त, उपाध्यक्ष कुल आचार्य, महासचिव बद्री केसी, ओसनीय क्षेत्रका क्षेत्रीय संयोजक धर्मराज अधिकारी, एनआरएन युरोप क्षेत्रका क्षेत्रीय संयोजक शिवकुमार बरुवाल, एनआरएन प्रवक्ता भुषण घिमिरे, एनआरएन युवा संयोजक सुदन थापा, एनआरएन महिला उपाध्यक्ष सपिला राजभण्डारी, महिला फोरम संयोजक रजनी प्रधान, एनआरएन बेल्जियम अध्यक्ष लोकप्रसाद दाहाललगायतको सहभागिता छ । सम्मेलनले हङकङ घोषणापत्र जारी गर्नेछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...