राजदुत शेर्पामाथि परराष्ट्रको बयान

सिड्नी– ‘मानव तस्करी गरेको’ जस्तो गम्भिर आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई परराष्ट्र मन्त्रालयले बयान लिएको छ । अष्टे«लियाबाट पठाएको लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएपछि उनलाई काठमाडौँमा बोलाएर मौखिक बयान समेत लिएको छ । उनले आइतबार परराष्ट्र मन्त्रालय पुगेर स्पष्टीकरण दिएकी थिइन् । उनको सवारी चालक वाङ्छु शेर्पाले लक्कीमाथि मानव तस्करी तथा श्रम शोषणको आरोप लगाएपछि सरकारले उनी माथि विशेष निगरानी बढाएको छ । परराष्ट्र मन्त्रालयले राजदुत प्रकरणमा ३ सदस्यीय समिति बनाएर छानबिन थालेको छ ।
परराष्ट्र मन्त्रालयका सूचना अधिकारी एवम् सहप्रवक्ता रामबाबु ढकालले राजदूत शेर्पाले मन्त्रालयमा आएर आफ्ना कुरा राखेको बताए । ‘उहाँ (राजदूत लक्की शेर्पा) हिजो मन्त्रालय आउनु भएको थियो । सचिवसँग र प्रशासनका कर्मचारीहरुलाई भेटेर आफ्ना कुरा राख्नुभयो । तर के भन्नुभयो भन्ने जानकारी मलाई छैन,’ ढकालले भने ।उनले राजदूत शेर्पामाथि छानबिन भइरहेको र आरोप पुष्टि भए कानुन बमोजिम कारबाही हुने प्रष्ट पारे । ढकालले भने, ‘उहाँलाई लागेका आरोप भेरिफाई हुन बाँकी छ । यदि भेरिफाई भयो भने, कानुन बमोजिम हुन्छ ।’ परराष्ट्र स्रोतका अनुसार, शेर्पासँगको वयान पूरा भएपछि यसबारे समितिले सुझाव दिनेछ ।
त्यही सुझावका आधारमा शेर्पालाई निरन्तरता दिने या फिर्ता बोलाउने भन्नेबारे निर्णय हुने परराष्ट्र स्रोतले जनाएको छ । निजी चालक वाङ्छु शेर्पासँग लेनदेनलगायतको विवाद चुलिएपछि राजदूत शेर्पालाई फिर्ता बोलाउन नेपाल सरकारलाई चौतर्फी दबाव बढेको छ । वाङ्छुले राजदूत शेर्पा र उनका श्रीमान् न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाएका छन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...