मोना अष्ट्रेलियाका अध्यक्ष रोकालाई जापानमा सम्मान

टोकियो – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाका अध्यक्ष मुक्ति रोकालाई जापानमा सम्मान गरिएको छ । पारिवारिक निजी भ्रमणमा जापान आउनुभएका अध्यक्ष रोकालाई मोना जापानले आइतवार एक भेटघाट तथा स्वागत समारोहको आयोजना गरी सम्मान गरेको हो ।सो अवसरमा बोल्दै अध्यक्ष रोकाले जापानमा म्याग्देलीहरुको बिचमा आफुलाई सम्मानित हुन पाउँदा ज्यादै खुशी लागेको विचार ब्यक्त गर्नुभयो । विश्वभरि छरिएर रहेका म्याग्देलीहरुलाई एउटै छानामुनि गोलबन्द गर्ने अभियानमा मोनाले अझ धेरै काम गर्न बाँकी रहेको धारणा ब्यक्त गर्दै उहाँले नेपाल भ्रमण वर्षसंग जोडेर जिल्ला सदरमुकाममा राष्ट्रिय स्तरको भलिवल प्रतियोगिताको आयोजनाबाट ठूलो संख्यामा आन्तरिक पर्यटक म्याग्दी आकर्षित गर्न सकिने विचार ब्यक्त गर्नुभयो ।

त्यसका लागि मोनाको खेलकूद विभागलाई सक्रिय बनाएर कार्यक्रमको आयोजना गर्न सकिने संभावना औल्याउनुभयो । यसैगरी उहाँले जिल्ला सदरमुकाम बेनीबजारमा मोनाको एक बहुउद्देश्यीय भवन हुन सकेमा मोनाको दीर्घकालिन स्थायी आय आर्जनको स्रोत हुनुका साथै र सचिवालय संचालन तथा सभा, सम्मेलन आफ्नै भौतिक संरचनामा हुन सक्ने अवधारणा पनि ब्यक्त गर्नुभयो । मोना ओसियानाका क्षेत्रिय संयोजक समेत रहनुभएका रोकाले अष्ट्रेलियामा मोनाले भैपरिआउने आर्थिक समस्या सल्टाउन १ करोड रुपैंयाको अक्षय कोष खडा गरेको र हालसम्म ३० लाख भन्दा बढि संकलन भईसकेको जानकारी गराउँदे उक्त कोषको ब्याजबाट भविष्यमा पटक पटक विभिन्न शीर्षकका नाममा चन्दा उठाईरहनुपर्ने झन्झटलाई निरुत्साहित गर्ने लक्ष्य रहेको उहाँले औंल्याउनुभयो ।

अध्यक्ष रोका दम्पतिलाई मोना जापानका उपाध्यक्ष बिशाल केसी र एशिया संयोजक ददिवल खड्का लगायतले खादार्पण तथा मायाको चिनो उपहार प्रदान गरेर स्वागत गर्नुभएको थियो भने अध्यक्ष रोकाले पनि मोना जापानलाई मायाको चिनो उपहार प्रदान गर्नुभएको थियो ।सो अवसरमा बोल्दै एशिया संयोजक ददिवल खड्काले निकट भविष्यमै मोनाको एशिया क्षेत्रीय सम्मेलन दक्षिण कोरियामा आयोजना गरिने योजना रहेको जानकारी गराउनुभयो ।मोना जापानका उपाध्यक्ष बिशाल केसीको सभापतित्वमा भएको सो कार्यक्रममा मोनाका केन्द्रिय कोषाध्यक्ष राम खड्का, मोना जापानका सल्लाहकार गमप्रसाद जुग्जाली, मगर संघ जापानका पूर्व अध्यक्ष शैलेन्द्रविक्रम थापा लगायतले विगतमा भएका मोनाका कार्यक्रमहरुका बारेमा समीक्षा गर्नुका साथै मोनाको भावी कार्य्दिशाका बारेमा प्रकाश पार्नुभएको थियो ।

मोना जापानका महासचिव गणेश श्रेष्ठको सञ्चालन रहेको सो औपचारिक कार्यक्रम पश्चात सामुहिक जलपान तथा साँगीतिक मनोरञ्जनका साथमा अध्यक्ष रोका दम्पतिको स्वागत कार्यक्रमलाई अविस्मरणीय तुल्याउने प्रयास गरिएको थियो । टोकियो रोधीघरमा भएको सो कार्यक्रममा म्यादीका साँस्कृतिक धरोहर मानिने मौलिक लोकभाका तथा लोकदोहोरीको रौनकमय वातावरणमा अतिथिहरुको सम्मान गरिएको थियो । साभार स्रोत ः समुन्द्रपारी डटकम
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



