सकियो एनआरएनएको हङकङ सम्मेलन (हेर्नुस् १५ बुदें घोषणापत्र)

सिड्नी–गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्रशान्त क्षेत्रीय सम्मेलन १५ बुँदें हङकङ घोषणा जारी गर्दै सकिएको छ । हेर्नुस के–के छन् घोषणापत्रमा ?
१.गैरआवासीय नेपालीहरुको संयुक्त पहलमा हुने विभिन्न साना तथा मभ्mयौंला लगानीहरुलाई प्रोत्साहन गरी भावानात्मक र व्यवसायिक रुपमा प्रबद्र्धन गर्न र कानुनी सरलता र सहजिकरणका लागि नेपाल सरकारलाई अनुरोध गर्दछ ।
२. वैदेशिक रोजगारबाट विभिन्न ज्ञान, सीप र प्रविधि सिकेर फर्किएका नेपालीहरुलाई आर्थिक सहयोग पुर्याई मुलुकको समृद्धिलाई सहयोग गर्न २० करोडको पुंजीको लगानीमा एनआरएन लघुवित्त संस्था खोलिने छ ।
३. म्याग्दी जिल्लाको कुईने मंगले गाउंपालिका अन्तर्गत पर्ने ठूलो खोलामा ३५४ मिटर हेड भएको मध्यम स्तरको जलविद्युत आयोजना सम्पन्न गर्न नेपालभित्र र गैरआवासीय नेपालीहरुको संयुक्त पहलमा उर्जा कम्पनी खडा भईसकेको छ । आर्थिक रुपमा अत्यन्त आकर्षित सो आयोजनामा संसार भरीका गैरआवासीय नेपालीहरुलाई संयुक्त लगानीमा साझेदारी गर्न बैठक आव्हान गर्दछ ।
४. नेपाल सरकारसंगको सहकार्यमा १०० मिलियन डलरको ःगतगब िक्ष्लखभकतmभलत ख्भजष्अभि खडा गरेर साना तथा ठूला लगानी गर्न सक्ने सबै नेपालीहरुलाई लगानी गर्ने वातावरण बनाई देशको पूर्वाधार निर्माणमा लगानी गर्ने निर्णय गर्दछ ।
५. नेपालको ऐतिहासिक महत्व राख्ने सिन्धुलिगढी परियोजनाका लागि नेपाल सरकार र स्थानीय सरकारसंग पहल गरी साझेदारी मोडेलमा विकास गर्न पहल गर्ने निर्णय गर्दछ ।
६. नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शसंग सहकार्य गरेर विश्वका २० विकसित देशहरुसंग आर्थिक विकास सम्झौता द्वैध कर निषेध सम्झौता विप्पा सम्झौता गराउँने पहल गर्ने निर्णय गर्दछ ।
७. गैरआवासीय नेपाली संघको संलग्नतामा खडा भएको उज्यालो नेपाल फाउण्डेशन मार्पmत देशमा १ करोड पुराना चिमबत्तीलाई आधुनिक एलईडीमा परिवर्तन गरी ३०० मेगावाट किफायत गराउँने परियोजनालाई अगाडि बढाउने निर्णय गरियो ।
८. ६० प्रतिशत नेपालीहरु संलग्न भई देशको ३५ प्रतिशत न्म्ए धानिरहेको कृषि क्षेत्रलाई आधुनिक कृषिमा परिवर्तन गर्नको लागि विदेशमा सिकेको कृषि सम्बन्धि सीपलाई नेपालमा भित्र्याई आधुनिक कृषि क्षेत्रका परियोजनाहरुलाई अगाडि बढाउने निर्णय गर्दछ ।
९. संविधानको धारा २९१ ले कुनै देशको स्थायी बसोबासको अनुमति लिएर बसिरहेका नेपाली नागरिकको मौलिक अधिकारलाई कटौति गरेको छ । हङकङ लगायत कतिपय मुलुकमा स्थायी बसोबास अनुमति प्राप्त भएपछि चाहेर पनि परित्याग गर्ने कुनै प्रावधान नभएकोले स्वदेश फिर्ता भएर नेपाली नागरिकका रुपमा मौलिक हकको उपभोग गर्न नपाइने अवस्था भएकोले संविधानको धारा २९१ को खारेजी गर्न नेपालका सबै राजनीतिक दल र संघीय संसदलाई अनुरोध गर्दछ ।
१०. गैरआवासीय नेपाली नागरिकता उपलब्ध गराउँन संविधानमा व्यवस्था भएकोलाई यो बैठक स्वागत गर्दै अब बन्ने कानुन र ऐनमा नेपाली नागरिक सरहको अधिकार सुनिश्चित गर्न यो बैठक आग्रह गर्दछ ।
११. गैरआवासीय नेपाली संघ महिला फोरमले हालसम्म गरेका कार्यहरुको प्रसंसा गर्दै महिलाहरुको उद्यमशीलता विकास तथा लगानी अभिबृद्धिका लागि आवश्यक सहयोग गर्ने र महिलाहरुलाई लगानीका क्षेत्रमा अघि बढाउने, महिला फोरमको सकृयतामा गत वर्षबाट शुरु भएको शीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानमा महिलाहरुको सहभागिता बढाउने अभिप्रायले हरेक राष्ट्रिय समन्वय परिषद्मा यथा सम्भव महिला सहभागिता सुनिश्चित गराउँने निर्णय गर्दछ ।
१२. एसिया प्रशान्त क्षेत्रमा बसोवास गर्ने युवा जमात तथा दोस्रो पुस्तालाई संघको मुलधारमा समाहित गर्दै देशको सर्वांगीण विकासमा हातेमालो गर्न सरोकार व्यक्ति तथा निकायहरुलाई अनुरोध गर्ने निर्णय गर्दछ । विदेशमा नेपाली पाठ्यक्रम अनुसार संचालन भैरहेका विद्यालयहरुलाई मान्यता दिई परीक्षा प्रणाली लगायतका सहजीकरणका काम सरल रुपमा गर्न र दूतावास मार्फत निरीक्षणको व्यवस्था मिलाउन नेपाल सरकारलाई अनुरोध गर्दै बालबालिकाहरुलाई नेपाली भाषा, लिपी, संस्कार र संस्कृति सिकाउने कार्य गर्न यो बैठक अपील गर्दछ ।
१३. वैदेशिक रोजगारमा गइ विभिन्न मुलुकका जेलमा रहेका नेपालीको उद्दार तथा सहयोगका लागि भइरहेका कार्यलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने निर्णय गर्दछ ।
१४. भूतपूर्व गोरखा सैनिकको जायज मागलाई सम्बोधन गर्न सम्बन्धित निकायमा पहल गर्न यो बैठक नेपाल सरकारसंग अनुरोध गर्दछ ।
१५. यो बैठक सफलतापूृर्वक सम्पन्न गर्न सघाउनु हुने नेपाल सरकार, हङकङ स्थित महावाणिज्य दुतावास, हङकङ सरकार, सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्, आयोजक राष्ट्र, प्रायोजक, स्वयम्सेवी, पत्रकार, कलाकार लगायत सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...