अनुराधा र गगन अष्ट्रेलिया आउँदै

सिड्नी–प्रदेश नं ३ की प्रमुख अनुराधा कोइराला र युवा नेता एवम् सांसद गगन थापा अष्टे«लिया आउने भएका छन् । जीवन उत्थान अष्टे«लियाको आयोजनामा जनवरी १२ मा सिड्नीमा हुने गाला डिनरमा सहभागि हुन कोइराला र थापा अष्टे«लिया आउन लागेका हुन् । जीवन उत्थान अष्टे«लियाले ललितपुरको फर्पिङमा सञ्चालन गरिरहेको ‘जीवन उत्थान बालबालिका घर’ मा पढ्ने ४२ जना आर्थिक अवस्था कम्जोर भएका विद्यार्थी बालबालिकाको सहयोगका लागि आयोजित कार्यक्रममा कोइराला र थापाले सहभागिता जनाउने संस्थाका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिए ।
सन् २००३ मा स्थापना भएको बालबालिका घर सञ्चालनका लागि संस्थामा आबद्ध ७० भन्दा बढी सदस्यहरुले साप्ताहिक रुपमा ३ डलर भन्दा बढी सहयोग गर्दै आएका छन् । ‘हामीले शैक्षिक क्षेत्रमा केहि योगदान गरौँ भन्ने उद्देश्यले संस्था मार्फत साहराबिहिन बालबालिकालाई आवासीय सुविधा सहित पढ्ने व्यवस्था गरेका हौँ, त्यसैलाई अझ दिगो बनाउने कार्यक्रमको आयोजना गरेका छौँ’, अध्यक्ष शेर्पाले भने, ‘कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।’ कार्यक्रममा ४ सय भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको उनले बताए । विशुद्ध सामाजिक कार्यमा रकम लगानी हुने भएकोले स्वतःफूर्त रुपमा सहयोग गर्नेको सँख्या बढ्दै गएको आयोजकले जनाएको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...