पत्रकार सुवेदीको सहयोगार्थ अष्ट्रेलियामा अभियान
पत्रकार अर्जुनप्रसाद सुवेदीको सहयोगार्थ अष्ट्रेलियामा सहयोग संकलन अभियान सुरु गरिएको छ । नागरिक राष्ट्रिय दैनिक लगायतका सञ्चारमाध्यममा आबद्ध पत्रकार सुवेदी विगत केही समयदेखि कलेजो र पित्तनलीमा समस्या देखिएर भारतमा उपचार गराउँदै आएका छन्। वीर, धुलिखेल, त्रिवि शिक्षण, गंगाराम नयाँ दिल्लीसहितका अस्पतालमा उपचार गराए पनि अझै रोग निको भएको छैन। स्वास्थ्यमा थप समस्या देखिएपछि सुवेदीको चेन्नेइमा उपचार भइरहेको छ। सुवेदीको उपचारमा ४० लाख भन्दा बढी खर्च आवश्यक पर्ने भएपछि अष्टे«लियामा रहेका म्याग्देलीहरुले सहयोग संकलन अभियान सूरु गरेका हुन् ।
म्याग्दी जलजला परिवारमा आबद्ध मुक्ति सुवेदी, दीपक भण्डारी लगायतको अग्रसरतामा तीनदेखि अभियान सञ्चालन गरिएको अभियान्ता सुवेदीले जानकारी दिए । ‘सबै साथीभाइहरुसँग सहयोगका लागि अपिल गरेका छौँ, सबैबाट धेरथोर सहयोग पनि आएको छ’, पत्रकार सुवेदीका नजिकको नातेदार समेत रहेका मुक्ति सुवेदीले भने, ‘उर्जाशील पत्रकारलाई बचाउन हामीले यो काम गरिरहेका छौँ ।’ उनका अनुसार, अहिलेसम्म १५ सय डलर भन्दा बढी रकम संकलन भइसकेको छ । ‘अझै हप्तादिन हामीले अभियान सञ्चालन गरेर संकलित रकम परिवारलाई पठाउनेछौँ’, उनले भने । म्याग्दी स्थायी घर भएका सुवेदी एक दशकदेखि काठमाडौंमा बसेर पत्रकारिता गर्दै आएका छन् ।
सहयोगका लागि:
Name: Mukti Subedi (Commonwealth Bank)
Bsb: 062140
AC: 10949678
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...